९९ किलोवाटको ओरा ०३ को बुकिङ यसै साता देखि खुल्ने, कति पर्ला मूल्य ?

काठमाडौं – नेपाली बजारमा गत वर्ष देखि परीक्षणका लागि उपलब्ध ग्रेटवाल मोटर्सको इलेक्ट्रिक कार ओरा गुड क्याट अब ओरा ०३ को नाममा आउने भएको छ । नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले सो कारको बुकिङ यसै साता देखि शुरु हुने बताएको छ ।

बजेट भन्दा पहिले नै यसको बुकिङका लागि तयारी थालेको भीजी इम्पेक्सले अन्य आवश्यक तयारी भइरहेको बताएको छ । बजेटले यो सेगमेन्टका सवारी साधनको कर बढाएका कारण पहिले अनुमान गरिए भन्दा यसको मूल्य पनि केही बढी हुनेछ । यद्यपि कम्पनीले अझै यसको मूल्य भने सार्वजनिक गरिसकेको छैन ।

ओरा ०३ नेपाली बजारमा ४८ लाख देखि ४८ लाख ५० हजार रुपैयाँ हाराहारी मूल्यका साथ बुकिङ खुला हुने अनुमान गरिएको छ ।

थाइल्यान्डमा गुड क्याट, अष्ट्रेलियामा ओरा र युरोपमा फंकी क्याट आदि नामबाट चिनिने यो गाडीको ग्लोबल नेम भने ओरा ०३ हो । यस आधारमा अब ग्लोबल नेमकै आधारमा सो गाडी नेपाल आउने कम्पनी स्रोतको भनाइ छ ।

सो गाडी टेक ४०१, अल्ट्रा ४०१ र अल्ट्रा ५०१ गरी तीन भेरिएन्टमा यो इलेक्ट्रिक कार उपलब्ध छ । सबैभन्दा तल्लो भेरिएन्ट टेक ४०१ को तुलनामा अन्य दुई भेरिएन्टमा धेरै फिचर उपलब्ध छन् ।

पहिले सबै भेरिएन्टमा १०५ किलोवाटको मोटर थियो भने बुट क्षमता २२८ लिटर । त्यसैगरी ग्राउन्ड क्लियरेन्स १४५ एमएम छ । अघिल्लो दुई भेरिएन्टमा ४८ किलोवाट आवर र माथिल्लो अल्ट्रा ५०१ भेरिएन्टमा ६३ किलोवाट आवरको ब्याट्री छ । दुई भेरिएन्टले ४५० किलोमिटर र माथिल्लो भेरिएन्टले ५०० किलोमिटर रेन्ज दिने कम्पनीको भनाइ छ । तीनै भेरिएन्टल १०५ किलोवाट पावर र २१० एनएम टर्क जेनेरेट गर्छ ।

तर अब नेपालमा उपलब्ध हुने ओरा ०३ मा ९९ किलोवाटको मोटर हुनेछ । नेपालमा हाल १०० किलोवाट भन्दा कम क्षमताको मोटर भएको गाडीमा भन्सार शुल्क कम लाग्ने भएकाले धेरै कम्पनीहरुले त्यही अनुसार मोटर विकास गरिरहेका छन् ।

कम्पनी स्रोतका अनुसार नेपाली बजारमा माथिल्लो भेरिएन्ट भने उपलब्ध हुने छैन । नेपाली ग्राहकको मागलाई मध्यनजर गरी ४०० किलोमिटर हाराहारी रेन्ज दिने गाडी नै उपलब्ध गराइने छ ।

सम्बन्धित समाचारहरू

पहिले ४ वर्षमा बेचे जति कार बीवाईडीले १ वर्षमै बेच्यो, करिव ५ गुणा बढ्यो आम्दानी

पहिले ४ वर्षमा बेचे जति कार बीवाईडीले १ वर्षमै बेच्यो, करिव ५ गुणा बढ्यो आम्दानी

रेकर्ड नम्बरमा इलेक्ट्रिक कार बिक्री गर्न सफल भएका कारण बीवाईडीको गत...

बजेट पश्चात हौंसिए व्यवसायी, विद्युतीय सवारीमा लगानी गर्न उत्साहित

बजेट पश्चात हौंसिए व्यवसायी, विद्युतीय सवारीमा लगानी गर्न उत्साहित

काठमाडाैं – आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारी साधनलाई...

एक मिटर चौडाई भएको सानो सिटी इलेक्ट्रिक कार आउँदै

एक मिटर चौडाई भएको सानो सिटी इलेक्ट्रिक कार आउँदै

सवारीसाधनको खपत वढेसंगै सडकदेखी पार्किङ स्थलसम्मै यस्ता साधनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...