राजधानीका अधिकांश सवारी साधन प्रदूषण मापदण्ड विपरित, ९४५ मा ५१५ फेल
काठमाडौँ – अहिलेसम्म काठमाडौँ महानगरपालिकाले प्रदूषण जाँच गरेका ९४५...
काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघको माग बमोजिम काठमाडौंको नागार्जुन नगरपालिकामा एक अटोल्यान्ड स्थापनाका लागि खुल्ला तथा सार्वजनिक जग्गाको विवरण वडा कार्यालयहरुमा माग गरिने भएको छ ।
नागार्जुन नगरपालिकाका प्रवक्ता एवम् वडा अध्यक्ष महेश रिमालको अध्यक्षतामा एक नगरपालिका एक अटोल्यान्ड स्थापना गर्न गठित पूर्व सम्भाव्यता अध्ययन समितिको वैठकले सो निर्णय गरेको हो । सो अवसरमा नगरपालिकाका प्रतिनिधि लगायत नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष दिपेन्द्र बुढाथोकी, निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपाने, महासचिव सुमन प्रसाद सुवेदी, सहकोषाध्यक्ष फुल बहादुर लामा (माइला) र कार्यालय प्रमुख विकास खड्काको सहभागितामा रहेको थियो । सो विषयमा निवर्तमान अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले अटाेल्यान्ड बनाउन सके नगरपालिका र अटाे मेकानिक्स तथा राष्ट्रलाई हुने फाइदाको बारेमा बुदागत रुपमा सस्थागत धारणा जानकारी गराए ।
एक नगरपालिका एक अटोल्यान्ड विषयमा छलफल गरी नागार्जुन नगरपालिका क्षेत्रभित्र एक अटोल्यान्ड स्थापनाको सम्भाव्यता अध्ययन गर्नका लागि वडा क्षेत्र भित्र रहेका खुल्ला तथा सार्वजनिक जग्गाको विवरण वडा कार्यालयहरुबाट माग गर्ने निर्णय सहित बैठक समापन गरिएको संघका अध्यक्ष दिपेन्द्र बुुढाथोकीले बताए ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघले हाल एक नगरपालिका एक अटोल्यान्ड अभियान सञ्चालन गरिरहेको छ । नगरपालिका भित्र अटोल्यान्ड भएमा सवारी साधन मर्मत गर्नका लागि सहज हुने र व्यवसायी तथा ग्राहक दुवैलाई फाइदा हुने मात्र नभई वातावरणीय दृष्टिकोणले समेत महत्वपूूर्ण उपलब्धि हुने संघको भनाइ छ ।
काठमाडौँ – अहिलेसम्म काठमाडौँ महानगरपालिकाले प्रदूषण जाँच गरेका ९४५...
कारमा धेरै प्रकारका इन्जिनहरू हुन्छन् । तर मुख्यतया कारमा सामान्य र...
काठमाडौं – नेपाल रिकन्डिसन अटो व्यवसायी संघले आफ्ना ३ सय सदस्यहरुलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...