ट्राफिक सचेतना कक्षा अब नागरिक एपबाटै लिन सकिने, हट्यो ट्राफिक प्रहरी कार्यालय पुग्नु पर्ने बाध्यता

काठमाडौं – ट्राफिक सचेतना कक्षा अनलाइनबाट सञ्चालन हुन थालेको छ । हिजो प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा गृहमन्त्री रमेश लेखकले कक्षा सञ्चालनको शुभारम्भ गरे ।

अनलाइन सचेतना कक्षा संचालनमा आएसँगै अब ट्राफिक प्रहरी कार्यालय पुगेर सचेतना कक्षा लिनुपर्ने बाध्यता हटेको छ । यो कक्षा नागरिक एपबाट लिन सकिने ट्राफिक प्रहरीले जनाएको छ ।

जाँडरक्सी खाएर गाडी चलाउने, तीव्र गतिमा हाँक्ने, लेन अनुशासन पालना नगर्ने र रातो बत्तीमा गाडी चलाउने जस्ता कसूरमा कारबाहीमा परेका चालकहरूले अनलाइन कक्षा लिन सक्नेछन् ।

अनलाइन कक्षा लिनुभन्दा पहिले तोकिएको जरीवाना तिर्नुपर्छ । त्यसपछि आफ्नो मोबाइलमा रहेको ‘नागरिक एप’ खोलेर ‘ट्राफिक अनलाइन क्लास’मा गई ‘जोइन क्लास’ मा जानुपर्छ ।

एपमा देखाइएका सबै नियम र सर्तहरू पढेर आफ्नो दुवै कान देखिने गरी स्पष्ट अनुहारको फोटो खिचेर अपलोड गर्नुपर्छ । फोटो अपलोड भएपछि भिडिओ कक्षा शुरू हुन्छ । कक्षाको अन्त्यमा सोधिने छ वटा प्रश्नमध्ये कम्तीमा ३ वटाको सही जवाफ दिनुपर्नेछ । अनुत्तीर्ण भएमा ट्राफिक प्रहरी कार्यालयमा भौतिक रूपमै उपस्थित हुनुपर्नेछ ।

कक्षा सफलतापूर्वक सम्पन्न भएपछि ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (टीभीआरएस) मा स्वतः अपडेट हुनेछ र नागरिक एपमा कक्षा पूरा भएको जानकारी देखिनेछ ।

कक्षा चलिरहेको बेला मोबाइलको क्यामेराले प्रयोगकर्ताको अनुहार निरन्तर निगरानी गर्नेछ । यदि एक मिनेटसम्म अनुहार नदेखिएमा वा क्यामेरा बन्द भएमा पहिलो पटक चेतावनी दिइने र यो प्रक्रिया तीन पटक दोहोरिएमा कक्षा स्वतः रद्द हुने ट्राफिक प्रहरीले जनाएको छ ।
 
सम्बन्धित समाचारहरू

कुन नियम उल्लंघन गरेमा के सजाय ? यस्तो छ सवारी धनीले गल्ती गरेमा ट्राफिक प्रहरीले गर्ने सजाय

कुन नियम उल्लंघन गरेमा के सजाय ? यस्तो छ सवारी धनीले गल्ती गरेमा ट्राफिक प्रहरीले गर्ने सजाय

तपाई कुनै पनि सवारी साधन चलाउदै हुनुहुन्छ र केही गल्ती गर्नुभयो भने...

गतिमा नियन्त्रण, जीवनमा सन्तुलन: सडक सुरक्षा र जीवन रक्षाका उपायहरू

गतिमा नियन्त्रण, जीवनमा सन्तुलन: सडक सुरक्षा र जीवन रक्षाका उपायहरू

आजको व्यस्त जीवनशैलीमा समयको मूल्य सबैले बुझ्छन् । तर विडम्बना के छ भने,...

सुरुङमार्ग निर्माणमा खटिएका १६ कामदारमा कोरोना संक्रमण, यस्तो छ सुरुङको प्रगति

सुरुङमार्ग निर्माणमा खटिएका १६ कामदारमा कोरोना संक्रमण, यस्तो छ सुरुङको प्रगति

 नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणमा खटिएका १६ जना कामदारमा कोरोना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...