मनकामना केबलकारकाे टिकट खल्ती वालेटबाट तिर्न सकिने

काठमाडौं - अब मनकामना दर्शन गर्न जाने भक्तजनहरूले मनकामना केबलकारकाे टिकट ‘खल्ती’ डिजिटल वालेट एपबाटै खरिद गर्न सक्ने भएका छन् । खल्तीले टिकटको शुल्क भुक्तानी गर्नका लागि मनकामना केबलकारसँग सम्झाैता गरेकाे हो । 

यससँगै खल्तीका ग्राहकले खल्ती डटकम वा माेबाइल एपमा रहेकाे मनकामना केबलकारकाे मेनुमा ट्याप गरी टिकेटको शुल्क भुक्तानी गर्न सक्नेछन् । यसरी शुःल्क भुक्तानी गरेपछि ग्राहकलाइ माेबाइलमै ई-टिकट प्राप्त हुने कम्पनीले जनाएको छ ।

त्यही टिकट देखाएर ग्राहकले केबलकारमा यात्रा गर्न सक्नेछन् । खल्तीबाट टिकट शुःल्क भुक्तानी गर्न सकिने भएपछि ग्राहकहरूलाई लामाे लाइन बस्नु पर्ने झन्झटबाट समेत मुक्ति मिल्नेछ ।

मनकामना केबलकार हाल कोरोना भाइरसका कारण बन्द अवस्थामा रहेको छ । केबलकार सञ्चालनमा आएपछि यो सेवा सुरू हुने कम्पनीले जनाएको छ।

यो भन्दा पहिले ई–सेवासँग पनि यस्तै सम्झौता सम्पन्न भइसकेको छ । ई–सेवाबाट समेत केबलकारको टिकट काट्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...