नेभिगेसन र राइडिङ मोडसहित नयाँ पल्सर एन१६० एस र एन१६० एसएस सार्वजनिक
बजाज अटोले भारतीय बजारमा आफ्ना दुई नयाँ बाइक पल्सर एन१६० एस र एन१६० एसएस...
काठमाडौं - अनलाइन ट्याक्सी बुकिङ एप ट्याक्सीमाण्डुले आफ्नो स्थापनाको १ वर्ष पुरा गरेको अवसरमा मंसिर महिनाभरी ट्याक्सी बुकिङ गर्दा ५० रुपैयाँ छुट दिने भएको छ । छुटका लागि यात्रुले TAXIMANDU1ST प्रोमो कोड प्रयोग गर्नुपर्नेछ।
छुट योजना अन्तरर्गत ट्याक्सी चालकहरुले मंसिर महिनाभर शुन्य प्रतिशत कमिसनमा एपमार्फत यात्रुलाई सेवा दिन पाउनेछन्। यस अघि कम्पनीले १० प्रतिशत कमिसन दिने गरेको थियो।
यसबाहेक ट्याक्सीमाण्डुले रिफर एण्ड अर्नको स्कीम पनि ल्याएको छ। यो स्कीम अन्तर्गत ट्याक्सीमाण्डु एप डाउनलोड गरेकाहरुले अरुलाई एपमार्फत डाउनलोड गर्न रिफर गर्नु पर्नेछ।
एप डाउनलोड गर्न रिफर गर्ने हरेकले प्रत्येक रिफरमा ५० रुपैयाँ पाउने कम्पनीले जनाएको छ।
त्यस्तै मंसिर महिनाभर ट्याक्सीमाण्डु एपमार्फत १ सय वटा टीप गर्ने ट्याक्सी चालककले १ हजार रुपैयाँ बोनस पाउने कम्पनीका प्रवन्ध निर्देशक अर्जुन केसीले जानकारी दिए।
ट्याक्सीमाण्डु एप प्रयोग गरेर सेवा दिइरहेका ट्याक्सीहरुमा कोभिड १९ बाट जोगिन विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले बनाएको मापदण्डको पुर्णरुपमा पालना गरिएको कम्पनीको दावी छ।
हाल ट्याक्सीमाण्डु एपमा २ हजार भन्दा बढी ट्याक्सी चालक आवद्ध छन्। यसलाई अझै विस्तार गर्दै र व्यवस्थित गर्दै लैजाने अर्जुन केसीले बताए।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...