नेपालमा बेनेली प्यानेरिया स्कुटरको एक वर्ष पुरा : उही मूल्यमै उपलब्ध

काठमाडौं – नेपाली बजारमा बेनेलीको नियो रेट्रो स्कुटर ‘प्यानेरिया’ भित्रिएको एक वर्ष पुरा भएको छ । गत वर्ष पुस ९ गते औपचारिक लन्च गरिएको सो स्कुटर हाल सम्म करिव ३ सय युनिट नेपाल भित्रिएका छन् ।

करिव २५० युनिट स्कुटर बिक्री भइसकेको नेपालका लागि बेनेलीको आधिकारिक विक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले बताएको छ । नेपाली बजारमा उपलब्ध यामाहा, होन्डा, टीभीएस, अप्रिलिया र भेस्पा लगायतका ब्रान्डसँग यसको प्रतिस्पर्धा छ ।

यो अवधिमा धेरै कम्पनीहरुले स्कुटरको मूल्य बढाए पनि बेनेलीले भने लन्च गर्दाकै समयको मूल्यलाई निरन्तरता दिएको छ । यसको मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ छ ।

प्यानेरिया १२५ ईएफआई एड्भान्स्ड मोडर्न फिचरले भरिएको क्लासिक लुकमा उपलब्ध नियो–रेट्रो कम्बिनेसनको स्कुटर हो । यसमा ईएफआई अर्थात इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सहितको नोवल सिंगल सिलिन्डर एयरकुल्ड १२४ सीसीको इन्जिन छ, जसले ७५०० आरपीएममा ८.५ पीएसको पावर र ६००० आरपीएममा ९.२ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा ड्युअल पिस्टन क्यालिपर सहितको ९० एमएम ट्राभल र १९० एमएम डिस्क ब्रेकिङ सिस्टम सहितको फ्रन्ट सस्पेन्सन छ भने टेलिस्कोपिक आयल ड्याम्पन्ड क्वाइल स्प्रिङ सहितको रियर सस्पेन्सन छ । यसमा १२ इन्च आल्मुनियम अलोय रिममा १००/९०–१२ र ११०/९०–१२ ट्युबलेस टायर छ ।

यो स्कुटरमा १२ इन्चको ह्विल, लेदर फिनिस्ड गरिएको आरामदायी सिट, ड्युअल पिस्टन क्यालिपर सहितको फ्रन्ट डिस्क ब्रेक, किल स्विच, हजार्ड लाइट र कम्फर्टेबल एलईडी लाइट सेटलगायतका विभिन्न प्रिमियम फिचर उपलब्ध छन् ।

यसमा मुनलाइट रिफ्लेक्सन सहितको डिजिटल ड्यासबोर्ड र एनालग ओडोमिटरको कम्बिनेसन भएको ड्यासबोर्ड छ । यसमा विभिन्न जानकारी सहज तरिकाले पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

बेनेलीका बाइक खरिदमा २५ हजार छुट, लक्की ड्रमा १ लाख पुरस्कार

बेनेलीका बाइक खरिदमा २५ हजार छुट, लक्की ड्रमा १ लाख पुरस्कार

काठमाडौं – बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनल...

पहिलो पटक बेनेलीको १२५ सीसी स्कुटर नेपाल भित्रिदै, यस्तो हुनेछ मूल्य र विशेषता

पहिलो पटक बेनेलीको १२५ सीसी स्कुटर नेपाल भित्रिदै, यस्तो हुनेछ मूल्य र विशेषता

काठमाडौं – नेपाली बजारमा बेनेलीको १२५ सीसी स्कुटर भित्रिने भएको छ ।...

नेपाली बजारमा यसअघि नै उपलब्ध बेनेली टिआरके २५१ आज भारतमा लन्च

नेपाली बजारमा यसअघि नै उपलब्ध बेनेली टिआरके २५१ आज भारतमा लन्च

बेनेलीले आज भारतीय बजारमा नयाँ बाइक टिआरके २५१ लन्च गरेको छ । नेपाली बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...