नयाँ वर्षमा निसान गाडी किन्दा ११ लाख ७४ हजार सम्मको फाइदा लिन सकिने
काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटो...
जापानी कार निर्माता कम्पनी निसानले म्याग्नाइट एसयूभीले भारतमा लन्च भएदेखि हालसम्म १ लाख युनिट बिक्री भइसकेको दाबी गरेको छ । निसान म्याग्नाइट एसयूभी भारतमा सन् २०२० मा ४ लाख ९९ हजार भारु मूल्यमा लन्च गरिएको थियो ।
म्याग्नाइट एसयूभीले भारतीय बजारमा मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यु, किया सोनेट र टाटा नेक्सनसँग प्रतिस्पर्धा गर्छ । हाल, निसानको म्याग्नाइट एसयूभी मात्र भारतीय बजारमा उपलब्ध छ । साथै निसान म्याग्नाइट एसयूभी विदेशी बजारमा पनि निर्यात हुने गरेको छ ।
निसान इन्डियाले आफ्नो निसान वान प्लेटफर्म लन्च गर्ने पनि घोषणा गरेको छ । निसान वान नयाँ वेबमा आधारित वान–स्टप प्लेटफर्मको रूपमा आएको दाबी गरिएको छ । यसको मद्दतले ग्राहकहरु टेस्ट ड्राइभको साथ कार बुक गर्न पनि सक्छन् ।
नेपाली बजारमा पनि निसान म्याग्नाइट निकै नै रुचाइएको कार हो । नेपाली बजारमा कुनै समयमा कम्पनीले माग अनुसार उपलब्ध गराउन सकेको थिएन । हाल निसान म्याग्नाइटको नेपाली बजारमा सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ छ ।
काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटो...
करोडौं मूल्य र नयाँ प्रविधिका गाडीहरूको बारेमा सुन्नुभएकै होला । तर के...
अत्याधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, अझ ‘बोल्डर’ डिजाइन र प्रिमियम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...