टेल्जीले नेपालमै पहिलो पटक विद्युतीय स्कुटरमा ग-यो १ लाख किमी वारेन्टीको घोषणा

काठमाडौं – नेपालका लागि टेल्जी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक योम मा ई मोटर्सले नेपालमा नै पहिलो पटक विद्युतीय स्कुटरमा १ लाख किलोमिटर वारेन्टी दिने घोषणा गरेको छ । कम्पनीले टेल्जी स्कुटरमा ग्राहकलाई १ लाख किलोमिटरसम्म वारेन्टी दिने घोषणा गरेको हो ।

यस सम्बन्धी जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै कम्पनीका निर्देशक सञ्जिव शिल्पकारले भने, ‘नेपालमा नै पहिलो पटक दुईपांग्रेमा १ लाख किलोमिटर वारेन्टी प्रदान गर्न लागेका छौं । हाम्रो स्कुटरमा प्रयोग भएको लिथियम आइरन फस्फेट ब्याट्रीलाई लामो समयसम्म परीक्षण गरेर हामीले १ लाख किलोमिटर वारेन्टी दिने भएका हौं, अव हाम्रा ग्राहकले ढुक्क भएर स्कुटर किन्न र चलाउन सक्नु हुनेछ ।’

कम्पनीका अनुसार ५ वर्ष वा १ लाख किलोमिटर जुन पहिला हुन्छ त्यसमा वारेन्टी लागू छ । यस्तो वारेन्टीले ग्राहक वर्गमा रहेको ब्याट्री फेर्दा धेरै खर्च लाग्छ भन्ने भ्रम चिर्ने कम्पनीको विश्वास छ ।

सामान्यतया एक स्कुटरको आयू नै एकलाख किलोमिटर हुने बताउँदै शिल्पकारले भने, ‘हामीले किफायती मूल्यमा स्कुटर उपलब्ध मात्र नगराएर हाम्रा ग्राहकहरु सन्तुष्ट हुनेगरी सर्भिसको काम गर्दै आएका छौ । यसमा पनि हामीले अव १ लाख किलोमिटर वा ५ वर्ष जुन पहिला पुग्छ त्यसको आधारमा ब्याट्रीमा वारेन्टी दिन लागेको हौं । यसले ग्राहकलाई निकै फाइदा पुग्नेछ ।

नेपाली बजारमा कम्पनीले अपडेट सहित ल्याएको टेल्जी लायन इलेक्ट्रिक स्कुटरमा फ्रन्ट भाइजर, हिल होल्ड असिष्ट, वाइडर टायर, स्मुथ एक्सिलरेसन, चम्किलो म्याट्रिक्स एलईडी हेडल्याम्प, नयाँ टेलिस्कोपिक सस्पेन्सन, नयाँ रिमोट की लगायत फिचर रहेको कम्पनीले जनाएको छ ।

टेल्जी लायनमा ४ किलोवाट पावरको मोटर र ३.३३ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री प्याक रहेको छ । यसलाइ एकपटक फुलचार्ज गरेर १६० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ । यो स्कुटरलाई घरमा नै ३ घन्टामा फुल चार्ज गर्न सकिन्छ ।

टेल्जी लायन नयाँ भर्सनमा ब्लुटुथ कनेक्टिभिटी, स्टेरियो स्पिकर जस्ता फिचर दिइएको छ । यसका अलावा की–लेस स्टार्ट, डिस्क ब्रेक, एलईडी डिस्प्ले, एलईडी लाइट, ट्युबलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेबल सस्पेन्सन, फास्ट चार्जिङ पोर्ट, ठूलो अन्डर सिट स्पेस लगायतका महत्वपूर्ण फिचरहरू समावेश छन् ।

हाल टेल्जी लायनको मूल्य ३ लाख ३३ हजार रुपैयाँ तोकिएको छ । तर नयाँ वर्ष २०८१ को अवसरमा १५ हजार नगद छुट समेत उपलब्ध भएकाले ग्राहकले ३ लाख १८ हजार रुपैयाँमै यो स्कुटर पाउन सक्ने छन् ।

यसका साथै निःशुल्क हेल्मेट, १ वर्षको फुल इन्स्योरेन्स, रोड ट्याक्स समेत निःशुल्क पाउने छन् ।

हरेक टेल्जी स्कुटरका ग्राहकले लाइफ टाइम निःशुल्क सर्भिस समेत पाउने कम्पनीले बताएको छ । कम्पनीले काठमाडौं उपत्यका भित्र रोड साइड सर्भिसको समेत निःशुल्क व्यवस्था गरेको छ ।

टेल्जी ब्रान्ड चीनमा टप तीनमा पर्ने ब्रान्ड हो । यो ब्रान्ड संयुक्त राष्ट्र संघको इन्भाइरोमेन्ट ई मोविलिटी प्रोगामको पार्टनरको रुपमा रहेको छ ।

सम्बन्धित समाचारहरू

सामान ढुवानीका लागि उपयुक्त टाटा एस ईभीका दुई नयाँ भेरिएन्ट नेपालमा

सामान ढुवानीका लागि उपयुक्त टाटा एस ईभीका दुई नयाँ भेरिएन्ट नेपालमा

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले एस...

बीएमडब्लुको अर्को लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा, मूल्य १ करोड ७९ लाख ९६ हजार

बीएमडब्लुको अर्को लक्जरी इलेक्ट्रिक एसयूभी नेपालमा, मूल्य १ करोड ७९ लाख ९६ हजार

काठमाडौं – बीएमडब्लुको तेस्रो मोडलको रुपमा नेपाली बजारमा आईएक्स२...

पुराना कारको ब्याट्रीबाट ज्यागुअर ल्यान्डरोभरले बनाउदै छ इनर्जी स्टोरेज सिस्टम

पुराना कारको ब्याट्रीबाट ज्यागुअर ल्यान्डरोभरले बनाउदै छ इनर्जी स्टोरेज सिस्टम

ब्रिटिश कार निर्माता कम्पनी ज्यागुअर ल्यान्डरोभरले सो कम्पनीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...