साओमीको इलेक्ट्रिक कारमा अत्यधिक क्रेज, गाडी अवलोकन गर्न १ घण्टा लामो लाइन

साओमीले ल्याएको पहिलो इलेक्ट्रिक कार एसयु ७ अर्थात सु ७ मा अत्यधिक क्रेज देखिएको छ । चीनमा जारी बेइजिङ अटो शोमा सो गाडी अवलोकन गर्न दर्शकले १ घण्टासम्म लाइनमा वसेको समचार बाहिर आएको छ। गत मार्च २८ मा सार्वजनिक भएको उक्त कार २४ घण्टामै ‘सोल्डआउट’ भएको थियो ।

यस्तो छ सू–७
साओमीले ड्रिम कारका रूपमा चिनाएको यो कारको लम्बाइ पाँच मिटर, चौडाइ दुई मिटर र ह्विलबेस तीन मिटर रहेको छ । यसमा २२० किलोवाट आवरको रियर ह्विल ड्राइभ मोटर रहेको छ । यसको उच्चतम स्पिड २७ हजार २०० आरपीएम रहेको छ । यसले उच्चतम ६३५ न्युटन मिटर टर्क डेलिभर गर्ने कम्पनीले जनाएको छ । कारले ५.३ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पिड पकड्ने कम्पनीको दाबी छ । यसको फास्ट भर्सनले भने यति गति जम्मा २.७८ सेकेन्डमै पकड्ने बताइएको छ ।

रेन्जको सन्दर्भमा यो गाडीले सिङ्गल चार्जमा ७०० देखि ९०० किलोमिटर दिने बताइएको छ । बेस मोडेलले ७०० किलोमिटरको स्पिड दिन सक्छ भने सु ७ प्रोले ८३० किलोमिटरको रेञ्ज दिन्छ । त्यस्तै यसको प्रिमियम भर्सन सु ७ म्याक्सले झन्डै ९०० किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसमा ११ ओटा एचडी क्यामेरा, तीन ओटा मिलिमिटर वेभ -याडर, १२ ओटा अल्ट्रासोनिक -याडर र लिडार प्रविधि राखिएको छ ।

गाडीको इन्टेरियरमा १६.१ इन्चको थ्री के सेन्ट्रल कन्सोल, ७.१ इन्च ड्याशबोर्डर ५६ इन्चको हेड्स अप डिस्प्ले (एसयूडी) रहेका छन् । त्यस्तै यसमा टेस्लाको जस्तै प्योर भिजन, २५४ टप्ट कम्प्यटिङ पावर भएको एनभिदिया ड्राइभ ओरियन चिप पनि समावेश छ । यसमा भएको अटोपाइलट फिचर अप्रिल महिनामा चीनका प्रमुख १० सहरमा परीक्षण गरिने बताइएको छ । यसले एप्पल कारप्ले र आईप्याड कनेक्टिभिटी पनि सपोर्ट गर्नेछ । यसमा १०५ लिटर फ्रङ्क र ५१२ लिटर बुट स्पेस रहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...