१६० सिसीको एकमात्र स्कुटर अप्रिलिया एसएक्सआर, यस्तो छ मूल्य र फिचर्स

पछिल्लो समय नेपाली बजारमा उच्च सिसी क्षमताका स्कुटरको आयात हुने क्रम बढिरहेको छ । स्कुटर सेग्मेन्टमा १२५ सिसी माथीलाई उच्च सिसी मान्ने गरिन्छ ।

बजारमा अहिले भेस्पा, अप्रिलिया र यामाहासंग मात्र १५० सिसी वा सो माथीका स्कुटर उपलब्ध छन् । जसमध्ये १६० सिसी सेग्मेन्टमा उपलब्ध एकमात्र स्कुटर अप्रिलिया एसएक्सआर पवारफुल स्कुटर चाहने राइडरमाझ लोकप्रिय बनिरहेको छ । यो स्कुटरको सिधा प्रतिस्पर्धा यामाहा एन म्याक्स १५५ संग भैरहेको छ ।

अप्रिलियाको यो स्कुटरमा १०६.३ सिसी क्षमताको सिंगल सिलिन्डर, थ्री भल्भ, ४ स्ट्रोक, एसओएचसी, एफआई इन्जिन जडान गरिएको छ । जुन बिएस ६ मापदन्डको हो । यो स्कुटरको अधिकतम पावर ११ पिएस र टर्क पनि ११ एनएम नै रहेको छ । म्याक्सी लुक्समा आधारित यसको स्टायल र एरोडाइनामिक डिजाइनका कारण यो स्कुटर निकै स्पोर्टी देखिन्छ ।

यो स्कुटरमा कम्पनीले तीन कोटको एचडी फिनिसिङ पेन्ट लगाएको छ । एलइडी डिआरएलएस सहितको ट्विन एलइडी क्रिस्टल हेडल्याम्पले यसको फ्रन्ट लुक्समा निखार दिएको छ । कालो रङको ठूलो विन्डस्क्रिन, मोबाइल कनेक्टीभिटी सहितको पूर्णत डिजिटल मिटर र ५ स्पोक अलोई ह्विल्स सहितको १२ इन्च ह्विल्स दिइएको यो स्कुटरको अगाडी चक्कामा डिस्क र पछाडी ड्रम ब्रेक जडान गरिएको छ । सेफ्टि फिचर्समा समेत अब्बल साबित गर्न यसमा सिंगल च्यानल एबिएस पनि दिइएको छ ।

वुट लाइट सहितको २१ लिटर अन्डर सिट स्टोरेज क्षमता रहेको यसको सिटमुनी स्टोरेज कम्पार्टमेन्टसंगै यूएसबी चार्जिङ पोर्ट समेत उपलब्ध गराइएको छ । यो स्कुटरमा अप्रिलियाले आरामदायी सिट र ठूलो आकारको एक्जस्ट पाइप दिएको छ । ७ लिटर इन्धन अट्ने ट्यांक जडान गरिएको यो स्कुटरलाई राइडरले अधिकतम १ सय किलोमिटर प्रतिघन्टाको गतिमा हाँक्न सक्नेछन् । यो स्कुटरले प्रति लिटर इन्धन खपतमा ४० किलोमिटर माइलेज दिने दाबी गरिएको छ ।

१६० एमएम ग्राउन्ड क्लिरियन्स भएको एसएक्सआर १६० को अगाडी टेलिस्कोपिक फर्क सस्पेन्सन र पछाडी एड्जस्ट गर्न मिल्ने मोनोशक सस्पेन्सन जडान गरिएको छ । यो स्कुटरको मूल्य नेपाली बजारमा ४ लाख ३५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

भेस्पाको ८०औं वार्षिकोत्सवमा आयाे विशेष संस्करण ‘टेक ८०’

भेस्पाको ८०औं वार्षिकोत्सवमा आयाे विशेष संस्करण ‘टेक ८०’

भेस्पाले आफ्नो ८०औं वार्षिकोत्सवको अवसरमा ‘टेक ८०’ नामक विशेष संस्करण...

अपडेट भएर आयो भेस्पा १२५, थपिए यी फिचर

अपडेट भएर आयो भेस्पा १२५, थपिए यी फिचर

भेस्पाले आफ्नो १२५ सीसी स्कुटरको सम्पूर्ण रेन्जलाई अपडेट गरेको छ । बेस, एस,...

रोयल इन्फिल्ड गुमाएको एमभी दुगड समुहसंग छ अझै ७ वटा अटोमोवाइल ब्रान्ड

रोयल इन्फिल्ड गुमाएको एमभी दुगड समुहसंग छ अझै ७ वटा अटोमोवाइल ब्रान्ड

नेपालको सबैभन्दा पुरानो व्यवसायिक घराना मध्येको एक एमभी दुगड समुह...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...