जेके टायरले इलेक्ट्रिक सवारीका लागि निर्माण ग-यो टायर
जेके टायरले बस, ट्रक, एलसीभी र प्यासेन्जर कारका लागि इलेक्ट्रिक स्मार्ट...
काठमाडौं — नेपालमा ओमोडाको लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले टी–ट्वान्टी विश्वकप क्रिकेट २०२४ को अवसरमा ल्याएको ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नामक सामाजिक तथा वातावरणीय उत्तरदायित्व योजना (सीएसआर) अन्तर्गत तीन हजार थान वृक्षरोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
ओमोडाले यसै अन्तर्गत दक्षिणकाली नगरपालिकाको डोल्लु समुदाय (डोल्लु सामुदायिक वन) सँगको सहकार्यमा ‘ग्रिन नेपाल, ग्रिनर फ्युचर’ नाराको साथ ‘ओ–फरेस्ट’ को अवधारणा र योजना ल्याएको हो ।
डोल्लु सामुदायिक वनमा अवस्थित यही ‘ओ–फरेस्ट’मा डोल्लु समुदाय, देशभरका विद्युतीय गाडी ओमोडाका चालक, पारखी तथा ग्राहकहरूको सहभागितामा गत शनिबार वृक्षरोपण सम्पन्न भएको हो । वृक्षरोपण कार्यक्रममा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत तथा स्थानीय वासिन्दाको सहभागिता रहेको थियो ।
आधुनिक प्रविधि तथा पर्यावरणमैत्री परियोजनाहरू मार्फत वातावरण संरक्षण तथा प्रवर्द्धन गर्ने ओमोडाको दिगो लक्ष्यमा आधारित यो पहलद्वारा विद्युतीय सवारीको प्रवर्द्धन हुनुका साथै डोल्लु सामुदायिक वनका लागि उचित रूख–विरूवा पनि रोपिएको छ । यो अभियान दिगो भविष्यप्रति ओमोडाको प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम भएको कम्पनीको भनाइ छ ।
वृक्षरोपण कार्यक्रमले डोल्लु सामुदायिक वनमा रूखको संख्यामा स्वाभाविक वृद्धि हुनुका साथै त्यहाँ रहेका लोपोन्मुख प्रजातिका वनस्पति तथा जीवजन्तुको संरक्षण तथा संवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्दछ ।
एसपीजी अटोमोबाइल्सले वृक्षरोपण कार्यक्रम अन्तर्गत १५ सय रूख–विरूवा दक्षिणकालीमा र इलाममा ‘रेड पान्डा नेटवर्क’सँगको सहकार्यमा रेड पान्डाको आरक्षणका लागि थप १५ सय रूख–विरूवा पनि रोपेको छ ।
एसपीजी अटोमोबाइल्स यस्तै व्यावहारिक योजना तथा पहलकदमीहरूद्वारा काठमाडौँमा व्याप्त वातावरण प्रदुषणका नकारात्मक असरहरूलाई न्यूनिकरण गर्न आफ्नो भूमिका खेल्दै आइरहेको छ । एसपीजी अटोमोबाइल्सले पर्यावरण प्रवर्द्धन, लोपन्मुख जीवजन्तु संरक्षण, तथा जलवायु परिवर्तन अनुकुलनको निम्ति एकआपसमा समुदाय वा जुनसुकै निकायसँग सँधै हातेमालो गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ ।
एसपीजी अटोमोबाइल्स नेपालमा ओमोडा र जेइको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक हो ।
जेके टायरले बस, ट्रक, एलसीभी र प्यासेन्जर कारका लागि इलेक्ट्रिक स्मार्ट...
अटोमोबाइल उद्योगमा यस्तो विद्युतीय मोटरसाइकल आउँदैछ जसले गति, सुरक्षा,...
काठमाडौं – विभिन्न ब्रान्डका सवारी साधनको बिक्री गर्दै आएको एमएडब्लू...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...