ओमोडा ईभी खरिद गर्नेलाई ८० प्रतिशत फाइनान्स उपलब्ध गराउन नबिल बैंकसँग साझेदारी

काठमाडौँ – नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नबिल बैंकसँग सवारी साधनको फाइनान्सिङ तथा वित्तीय सुविधाका लागि सहकार्य गरेको छ । दुई कम्पनीबिच गत जेठ २९ गते सम्झौता भएको हो ।

उक्त सम्झौता अन्तर्गत ओमोडाको जुनै पनि विद्युतीय गाडीको खरिदमा नबिल बैंकले ८० प्रतिशतसम्म फाइनान्सिङ उपलब्ध गराउने छ । ग्राहकले देशभर रहेका ओमोडा सोरुम तथा आधिकारिक डिलर नेटवर्कमार्फत सजिलै फाइनान्सिङको सुविधा लिन सक्नेछन् ।

यो सहकार्यमार्फत ओमोडाका ईभी अर्थात विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरूलाई वित्तीय सहजता उपलब्ध गराउने लक्ष्य राखिएको छ । सम्झौताअनुसार, ग्राहकले नबिल बैंकका सबै शाखाबाट ५ वर्षका लागि ९.९९ प्रतिशत र ७ वर्षका लागि १०.४९ प्रतिशतको निश्चित ब्याजदरमा सहजै कर्जा प्राप्त गर्न सक्नेछन् ।

यस योजनामार्फत नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशन र निर्देशिकाबमोजिम कर्जा प्रवाह गरिनेछ भने निश्चित ब्याजदर अंक नबिल बैंकको नीतिअनुरूप परिवर्तन हुन भने सक्नेछ । यसरी, मात्र २० प्रतिशत डाउन पेमेन्ट गरी सजिलै ओमोडाको कुनै पनि गाडीको खरिद गर्न सकिनेछ ।

यो सुविधा ओमोडाको राष्ट्रव्यापी डिलर नेटवर्कभरी उपलब्ध हुनेछ । भक्तपुर, इटहरी, बिर्तामोड, विराटनगर, जनकपुर, बर्दिवास, वीरगन्ज, नारायणघाट, बुटवल, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र पोखराका डिलर नेटवर्कमा यो सुविधा उपलब्ध गराइनेछ ।

एसपीजी अटोमोबाइल्सले ओमोडा ब्रान्डको पछिल्लो ईभी ओमोडा ई–फाइभ ६१ लाख ९९ हजार (सिङ्गल टोन) तथा ६२ लाख ४९ हजार (डुअल टोन) को प्रि–बजेट मूल्यमा उपलब्ध गराइरहेको छ ।

गत फेब्रुअरीमा सार्वजनिक भएदेखि नै नेपालमा ईभीमध्ये उत्कृष्ट रोजाई रहेको दावी गरिएको सो एसयूभीले ४३० किमी रेन्ज, १८० एमएम ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावरको साथ नेपाली जीवनशैली र भौगोलिक आवश्यकता पनि पूरा गर्ने कम्पनीको भनाइ छ । ओमोडा ई–फाइभमा लेभल २.५ एडास प्रणाली भएको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री रहेको छ ।

एसपीजी अटोमोबाइल्स ओमाडा र जेइको अटोमोबाइल्सको नेपालका लागि आधिकारिक वितरक हो ।

सम्बन्धित समाचारहरू

फोटोन इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी सम्पन्न

फोटोन इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी सम्पन्न

काठमाडौं – नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्ल्यु...

कोमाकी रेन्जर इलेक्ट्रिक क्रुजर बाइकको डेलिभरी

कोमाकी रेन्जर इलेक्ट्रिक क्रुजर बाइकको डेलिभरी

काठमाडौं – नेपाली बजारमा हालै भित्रिएको भारतीय कम्पनी कोमाकीको क्रुजर...

४२० किमी सम्म रेन्ज दिने इनर्जिका इगो प्रिमियम इलेक्ट्रिक स्पोर्ट्स मोटरसाइकल नेपालमा

४२० किमी सम्म रेन्ज दिने इनर्जिका इगो प्रिमियम इलेक्ट्रिक स्पोर्ट्स मोटरसाइकल नेपालमा

नेपाली बजारमा पहिलो पटक विश्व प्रसिद्ध इटालियन ब्रान्ड इनर्जिकाका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...