कति लाग्छ चार्ज गर्दा शुल्क ? घिसिङले भने – निजी क्षेत्रले लिने बढी शुल्क नियन्त्रण गर्छौ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी...
काठमाडौं – नेपालका लागि ओमोडा एन्ड जेइको ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ‘रोटरी इनटरनेसनल डिस्ट्रिक्ट ३२९२ – नेपाल तथा भुटान’ को ‘१७औँ जिल्ला सम्मेलन’लाई शीर्ष प्रायोजक (टाइटल स्पोन्सर)को रूपमा प्रायोजन गरेको छ ।
चैत ८ देखि सुरु भएको सो प्रतिष्ठित सम्मेलन चैत १० सम्म सम्पन्न भएको थियो । ललितपुरको जावलाखेलस्थित द प्लाजामा आयोजना भएको सो सम्मेलनमा देशभरका २ हजारभन्दा बढी विशिष्ट व्यक्तित्वहरू, रोटरियनहरू र अन्तर्राष्ट्रिय वक्ताहरू सहभागी थिए ।
सम्मेलनमा रोटरी इन्टरनेसनल प्रेजिडेन्ट अफिसका प्रतिनिधि तथा मलेसिया र सिंगापुरका डिस्ट्रिक्ट गभर्नरहरूको उपस्थिति रहेको थियो । सन् १९०५ मा स्थापित रोटरी इन्टरनेसनलमा विश्वभर १४ लाखभन्दा बढी सदस्यहरू दिगो परिवर्तनको अग्रदूतको रूपमा सामुदायिक विकास, साक्षरता, शान्ति, स्वास्थ्य सेवा र पोलियो उन्मूलनजस्ता महत्वपूर्ण क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएका छन् ।
सम्मेलनको शीर्ष प्रायोजकको रूपमा एसपीजी अटोमोबाइल्सले समुदायलाई सशक्त बनाउने र साझा प्रगति प्रेरित गर्ने कार्यलाई सहर्ष समर्थन गरेको बताएको छ । एसपीजी अटोमोबाइल्स दिगो उद्देश्यका साथ नवीनता ल्याउने प्रतिबद्धता बोकेको कम्पनी भएको र यो साझेदारी कम्पनीको मूल्य–मान्यता तथा दृष्टिकोणको निरन्तरता भएको बताइएको छ ।
यो सहकार्यले सामाजिक प्रभाव, अर्थपूर्ण सहकार्य र समुदाय–केन्द्रित नेतृत्वप्रति कम्पनीको प्रतिबद्धतालाई मूर्तरूप दिने काम गर्ने कम्पनीको भनाइ छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी...
काठमाडौं – उत्तरी नाका रसुवागढीबाट आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुन...
हुन्डाई आयोनिक ५ ईभीले इलेक्ट्रिक कारले सबैभन्दा धेरै उचाई र गहिराईमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...