अब ओमोडा जेइको र आईकार मोडलहरूमा पनि ११ वर्षे एक्सटेन्डेड वारेन्टी

काठमाडौं – नेपालका लागि ओमोडा जेइको र आईकारको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले आफ्ना ईभी मोडलहरूमा उद्योगकै अग्रणी ११ वर्षे वारेन्टी घोषणा गरेको छ। ब्याट्री र मोटर कम्पोनेन्टहरूमा उपलब्ध यो वारेन्टी नेपालकै सबैभन्दा लामो ईभी वारेन्टी कार्यक्रमहरू मध्ये एक हो।

हाल ओमोडा जेइको र आईकारका सवारी साधनहरूमा ब्याट्री र मोटर दुवैमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको स्ट्याण्डर्ड म्यानुफ्याक्चरर वारेन्टी उपलब्ध छ। नयाँ ल्याइएको विस्तारित वारेन्टी अर्थात एक्सटेन्डेड वारेन्टी कार्यक्रम अन्तर्गत, अब यो कभरेज ब्याट्रीको हकमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर र ड्राइभ मोटर एसेम्बलीको हकमा ११ वर्ष वा २ लाख किलोमिटर (जुन पहिले आउँछ) पुर्याइएको छ। हाल कम्पनीद्वारा ब्याट्रीको हकमा ८ वर्ष वा १ लाख ८० हजार किलोमिटर र ड्राइभ मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी उपलब्ध थियो ।

यो विस्तारित वारेन्टी ओमोडा ई५, जेइको जे५, जेइको जे६टी र आईकार भी२३ मोडेलहरूमा उपलब्ध छ, जसले ग्राहकको आत्मविश्वास बढाउने र ईभी स्वामित्वलाई थप ढुक्क बनाउने विश्वास लिइएको छ।

यस विस्तारित वारेन्टी अन्तर्गत, ग्राहकहरूले ट्र्याक्सन ब्याट्री प्याक र ड्राइभ मोटर एसेम्बलीमा हुने प्राविधिक त्रुटिहरूमा पूर्ण कभरेज प्राप्त गर्नेछन्। यस पहलको बारेमा बोल्दै एसपीजी अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारडाले भने, "हाम्रो विस्तारित वारेन्टीले हाम्रा सवारी साधनहरूको उन्नत ईभी प्रविधिप्रति हाम्रो अटल विश्वास र ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ। विद्युतीय सवारीतर्फको आकर्षण बढिरहेको बेला, यस पहलले हाम्रा ग्राहकहरूमा दीर्घकालीन विश्वास र बफादारिता निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने हाम्रो विश्वास छ।"

देशभर १८ भन्दा बढी सेल्स आउटलेट र १५ वटा सर्भिस सेन्टरहरूका साथै द्रुत रूपमा विस्तार भइरहेको सेल्स र चार्जिङ पूर्वाधार नेटवर्कका साथ, ओमोडा जेको र आईकारले नेपालमा तीव्र गतिमा अघि बढिरहेका ईभी ब्रान्डहरूको रूपमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका छन्।

यस अद्यावधिक गरिएको वारेन्टी नीतिको बारेमा थप जानकारीका लागि ग्राहकहरूलाई आफ्नो नजिकैको ओमोडा जेको वा आइकार शोरुम वा आधिकारिक सर्भिस सेन्टरमा जान कम्पनीले अनुरोध गरेको छ ।

सम्बन्धित समाचारहरू

शक्ति, प्रविधि र मूल्यको उत्कृष्ट संयोजन : प्रोटोन ईमास ७

शक्ति, प्रविधि र मूल्यको उत्कृष्ट संयोजन : प्रोटोन ईमास ७

प्रोटोन नेपालले आफ्नो फुल साइज इलेक्ट्रिक एसयूभी ईमास ७ मार्फत नेपाली...

काठमाडौं आइपुग्यो कामाको विद्युतीय कन्टेनर, यस्तो छ मूल्य र विशेषता

काठमाडौं आइपुग्यो कामाको विद्युतीय कन्टेनर, यस्तो छ मूल्य र विशेषता

काठमाडौं–कामाको विद्युतीय कन्टेनर ‘ईडब्लु २’ काठमाडौं आइपुगेको छ । हालै...

नेपाली बजार प्रवेश गर्दै ४० लाख भन्दा कम मूल्यको नयाँ ईभी : नामी ०१

नेपाली बजार प्रवेश गर्दै ४० लाख भन्दा कम मूल्यको नयाँ ईभी : नामी ०१

नेपाली बजारमा पहिले देखि नै विभिन्न मोडलका इलेक्ट्रिक कार बिक्री–वितरण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...