३२ भन्दा बढी देशमा सफलता हासिल गरेको जीएसी मोटर्स नेपालमा
सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड जीएसी मोटर्स नेपालमा...
नेपाल आउने तयारीमा रहेको नयाँ ईभी ब्राण्ड ओमोडाले सन् २०२३ मा निकै राम्रो चर्चा बटुलेको छ । गत वर्षको अप्रिल महिनामा विश्वव्यापी लन्च भएको सो नयाँ ब्राण्डको ई५ ईभीले अहिले चीनको घरेलु र अन्तारष्ट्रिय दुबै बजारमा राम्रो प्रतिक्रिया पाइरहेको छ ।
सोही वर्षको अक्टोवर महिनामा आयोजना भएको ‘यूजर कन्फ्रेन्स’ मा ई५ ले उत्साहजनक प्रतिक्रिया बटुलेको कम्पनीको भनाई छ । उक्त कन्फ्रेन्समा कम्पनीले भविष्यमा विभिन्न मोडलका ईभी ल्याउने र ईभीका लागी बलियो इकोसिस्टम तयार पार्ने घोषणा गरेको थियो ।
लन्च भएको पहिलो वर्षमै ओमोडा ई५ ले १ लाख ४७ हजार निर्यातको रेकर्ड समेत कायम गर्न सफल भयो । यसैगरी डीसेम्वर महिनामा १३ हजार ६७७ युनिट निर्यात गर्दै अघिल्लो महिनाको तुलनामा १२.६ प्रतिशतको बृद्धि हाँसिल गर्न सफल भयो । उक्त वर्ष विश्व प्रख्यात रिसर्च एण्ड कन्सल्टिङ संस्था जेडी पावरले ओमोडालाई उदयीमान गुणस्तरिय ब्राण्डका रुपमा उल्लेख गर्यो ।
यसैगरी इन्डोनेशिया इन्टरनेश्नल अटो शो २०२३ मा ‘वेस्ट टेष्ट ड्राइभ एसयूभी’को उपाधी समेत ओमोडा ई५ ले हात पार्न सफल भयो । सो नयाँ एसयूभीले मलेशियामा ‘वेष्ट मिड साइज क्रसओभर’ सहित ‘बेष्ट ५ स्टार एसयुभी’को उपाधी हात पा-यो ।
चिनिया अटो निर्माता चेरी मातहतको इलेक्ट्रिक कार ब्राण्ड ओमोडालाई नेपालमा एसपिजी अटोमोबाइल्सले ल्याउने तयारी गरिरहेको छ । कम्पनीले यसको ई५ मोडललाई अवको केही सातापछि लन्च गर्ने तयारी थालेको हो ।
सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड जीएसी मोटर्स नेपालमा...
नेपाली बजारमा हालै भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड कोमाकीका दुई...
इलेक्ट्रिक सवारी प्रयोग गर्ने व्यक्तिहरूले आफ्नै घरमा छुट्टै मिटर राखेर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...