१० लाख पर्ने इलेक्ट्रिक मोटरसाइकललाई एनआईयूले अटो शोमा प्रदर्शन गर्ने
काठमाडौं–एनआईयूको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने भएको छ ।...
काठमाडौं– ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्रि इभि ई–५ ले विश्वव्यापी सुरक्षा मापदण्डहरूमा उत्कृष्ट प्रदर्शन गर्दै युरो एनक्याप र एनक्याप दुवैबाट प्रतिष्ठित फाइभ–स्टार सेफ्टि रेटिङ हाँसिल गरेको छ ।
यसअघिको ग्लोबल मोडल ओमोडा–५ ले पनि युरो एनक्याप, एनक्याप, र एएसइएएन एनक्याप जस्ता प्रमुख सेफ्टि संस्थाहरूबाट ५ स्टार रेटिङ प्राप्त गरेको थियो । सुरक्षाको त्यही श्रेणीलाई निरन्तरता दिँदै, ओमोडा ई–५ कोे बिइभि संस्करणले अन्य परीक्षणको साथ ‘फ्रन्टल अफसेट’ र ‘ओब्लिक पोल टेस्ट’ आदि थप दुर्घटनाका परीक्षणहरू पार गर्दै सुरक्षाका सम्पूर्ण क्षेत्रहरूमा उत्कृष्ट पर्फमेन्स सुनिश्चित गरेको हो ।
ई–५ ले युरो एनक्यापमा सेफ्टि असिस्ट सिस्टम (सुरक्षा सहायता प्रणाली)को लागि ८८ प्रतिशत अंकका साथ एडल्ट अकुपेन्ट प्रोटेक्सन (वयस्क यात्रु सुरक्षा)र चाइल्ड अकुपेन्ट प्रोटेक्सन (बाल यात्रुसुरक्षा)को लागि ८७ प्रतिशत अंक प्राप्त गरेको हो ।
त्यसैगरी, एनक्याप परीक्षणमा ओमोडा ई–५ ले एडल्ट अकुपेन्ट प्रोटेक्सनको लागि ८७ प्रतिशत, चाइल्ड अकुपेन्ट प्रोटेक्सनको लागि ८८ प्रतिशत र सुरक्षा सहायताका लागि ८३ प्रतिशत अंक प्राप्त गरेको छ ।
ओमोडा ई–५ मा ७८ प्रतिशत रेसियो (अनुपात)को ‘हाइ–स्ट्रेन्थ स्टिल बडी’ रहेकाले अत्याधुनिक र अधिकतम सुरक्षा क्षमता सम्भव भएको जनाइएको छ । गाडीको अगाडिको भागमा ‘अल्ट्रा–हाइ स्ट्रेन्थ स्टिल’ र साइड पिलरमा ‘रिइन्फोर्स् डस्टिल’ समावेश गरिएको छ ।
यी सुविधाले गाडी दुर्घटना हुँदा स्टेबलिटि (स्थिरता)सुनिश्चित गर्दछ भने अगाडीको भागमा गाडी ठोक्किँदा ‘क्याबिनमा पर्ने असर (डिफर्मेसन) कम गर्दछ । जसकारण गाडीमा सवार सबैको प्रभावकारी सुरक्षा सुरक्षित हुन्छ ।
‘स्टेबल चाइल्ड सिट इन्टरफेस’ र अप्टिमाइज्ड एयरब्याग सुरक्षाले गर्दा ओमोडा ई–५ बाल यात्रुको सुरक्षामा पनि उत्कृष्ट ठहरिएको छ । कारमा अत्याधुनिक सक्रिय सुरक्षा प्रविधिहरू समेत उपलब्ध छ ।
यसको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रणालीले अन्य सडक यात्रुबाट हुने सम्भावित जोखिमबाट समेत बचाउन दाबी गरिएको छ । ई–५ को फराकिलो स्पिड रेन्ज र छिटो रेस्पोन्स–टाइमले गर्दा कोलिजन रिस्क (दूर्घटनाका जोखिम) न्यूनिकरण गर्दछ ।
उत्कृष्ट सुरक्षाका अलावा, ओमोडा ई–५ मा ४३० किमिको डब्लुएलटिपि रेन्ज, २८ मिनेटभित्रै ३० प्रतिशत बाट ८० प्रतिशत चार्ज हुने फास्ट रिचार्जिङ सुविधा र शान्त ड्राइभिङ अनुभवका लागि मात्र ६२.९ डेसिबलको नोइज–लेभल(१२० किमि प्रतिघण्टाको स्पिडमा) रहेका छन् ।
काठमाडौं–एनआईयूको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने भएको छ ।...
काठमाडौं — नेपाली बजारमा पहिले देखि नै विभिन्न ब्रान्डका सवारी साधन...
काठमाडौं पहिलो पटक मुस्ताङको कोरला नाकाबाट भित्रिएका जेइको जे५ र जे६ ईभी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...