१२० किलोमिटर रेन्ज भएको नयाँ इलेक्ट्रिक बाइकको उत्पादन प्रारम्भ
टोर्क मोटर्स कम्पनीले टोर्क क्रेटोस इलेक्ट्रिक बाइकको पहिलो युनिट...
काठमाडौं – नेपाली बजारमा ओमोडा ई५ इलेक्ट्रिक गाडी औपचारिक रुपमा सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा एसपीजी अटोमोबाइल्स प्रालिले सो गाडी सार्वजनिक गरेको हो ।
यसमा ६१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्लेड ब्यट्री रहेको छ, जसले डब्ल्युएलटीपी मानक अनुसार ४३० किलोमिटरको रेन्ज प्रदान गर्दछ । सो गाडी फ्रन्ट माउन्टेड इलेक्ट्रिक मोटर र ३४० एनएमको टर्कद्वारा संचालित छ ।
ओमोडा ई५ को प्रारम्भिक मूल्य ५९ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प, १८ इन्च अलोय ह्विल, ब्ल्याक तथा ब्लु र ह्वाइट टोनको लेदर सिट एवम् २४.६ इन्चको ड्युृअल स्क्रिन जस्ता विशेषता रहेका छन् ।

यसमा एडास ड्राइभिङ असिस्टेन्स सुविधा पनि रहेको छ, जस अन्तर्गत लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटाएयरब्याग लगायत १७ भन्दा बढी प्रकारका एडास फिचर दिइएको छ ।
ओमोडा ई५ को इन्टेरियरमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्याण्डल, विद्युतीय सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटहरू छन् ।

एक्सटेरियर फिचर अन्तर्गत यसमा एक्स आकारको फ्रन्ट फेस, डायनामिक फास्टब्याक आकार, स्ट्यागर्ड–मेट्रिक्स–टेललाइट र टी आकारको डेटाइम–रनिङ–हेडलाइट पाउन सकिन्छ ।
यसको अर्को आकर्षण २८ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतमा चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि पनि रहेको छ ।
टोर्क मोटर्स कम्पनीले टोर्क क्रेटोस इलेक्ट्रिक बाइकको पहिलो युनिट...
काठमाडौं – नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र...
कियाको बजार मूल्यले सन् २००१ पछि पहिलो पटक हुन्डाईलाई उछिनेको छ । स्टकमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...