ओकिनावाले अन्य कम्पनीसँगको साझेदारीमा नयाँ इलेक्ट्रिक क्रुजर बाइक लन्च गर्दै
ओकिनावा अटोटेकले चाँडै नै भारतीय बजारमा इलेक्ट्रिक क्रुजर बाइक लन्च गर्ने...
काठमाडौं– ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ओमोडा ई५ इभि नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सोही क्रममा ओमोडाको चीन समुहले यो विद्युतीय गाडीको परिचय र प्राविधिक विवरणहरूको सूचना प्रदान गर्न हालै एक अनलाइन लाइभ–स्ट्रिम (प्रत्यक्ष्य प्रसारण) कार्यक्रम सञ्चालन गरेको छ ।
ओमोडा नेपाल बिजनेसका प्रबन्ध निर्देशक केपान र ओमोडाका ब्रान्ड म्यानेजर रायन वाङद्वारा आयोजित लाइभस्ट्रिम कार्यक्रम चीनमा भएको थियो । प्रत्यक्ष प्रसारणमा ई५ सार्बजनिक गर्दै यसका विशेषतावारे जानकारी गराइएको थियो । सोही कार्यक्रममार्फत ओमोडा ई५ नेपालमा १८० एमएम ग्राउन्ड क्लियरेन्सको साथ लन्च हुने जानकारी कम्पनीले दियो ।
सो नयाँ एसयूभी ६१ किलोवाट आवर ब्याट्री क्षमता, ९९ किलोवाट मोटर पावर, र ३४० न्युटन मिटर टर्कका साथ आउने र यसले ५१० किलोमिटरसम्म रेन्ज दिने बताइको छ ।
एसयूभीको एक्स्टेरियर डिजाइन ‘लाइट अफ मुभमेन्ट’ नामक आधुनिक डिजाइन–दर्शनमा आधारित रहेको कम्पनीले जनाएको छ । एक्सटेरियर फिचर अन्तर्गत यसमा एक्स आकारको फ्रन्ट फेस, डायनामिक फास्टब्याक आकार, स्ट्यागर्ड–मेट्रिक्स–टेललाइट र टी आकारको डेटाइम–रनिङ–हेडलाइट पाउन सकिन्छ ।
ओमोडा ई५ को इन्टेरियरमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्याण्डल, विद्युतीय सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटहरू रहनेछन् ।
साथै यसमा ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटाएयरब्याग लगायत १७ भन्दा बढी प्रकारका एडास फिचर दिइएको छ ।
चीनको प्रख्यात अटो निर्माता चेरी अन्तर्गतको ईभी ब्रान्ड ओमोडालाई नेपाली बजारमा एसपीजी अटोमोबाइल्सले आयत गर्न लागेको हो । कम्पनीले हाल चेरीका पेट्रोलियम कार आयत गरी बिक्री गर्दै आएको छ ।
ओकिनावा अटोटेकले चाँडै नै भारतीय बजारमा इलेक्ट्रिक क्रुजर बाइक लन्च गर्ने...
अटोमोबाइल सेक्टरमा इलेक्ट्रिक कारको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ ।...
गत साउन पहिलो साता आईएमई इलेक्ट्रिकले ललितपुर महानगरपालिकालाई ५ थान राफ्ट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...