जीहो ईभी केयर क्याम्पमा उत्साहजनक सहभागिता
काठमाडौं – नेपालका लागि सीएफमोटो र जीहो इलेक्ट्रिक स्कुटरको आधिकारिक...
काठमाडौं – नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नेपालगञ्जको कारकादोमा नयाँ आधिकारिक डिलरसिपको उदघाटन समारोहसँगै ‘फ्युचरिस्टिक’ ओमोडा ई–फाइभ गाडीलाई स्थानीय बजारमा सार्वजनिक गरेको छ ।
मिडिया तथा अतिथि लगायत १०० भन्दा बढी सहभागीहरूको उपस्थितिमा नयाँ डिलरसिप उदघाटन तथा सार्वजनिक गरिएको हो । यस कार्यक्रमको साथ ओमोडाले डिलर नेटवर्कको विस्तार गर्दै विभिन्न क्षेत्रका ग्राहकहरूलाई सहज सेवा प्रदान गर्ने उद्देश्यलाई निरन्तरता दिएको बताएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको प्रमुख अतिथ्यता रहेको सो समारोहमा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी (एसपीजीएच) का अध्यक्ष चिन्तामणि न्यौपाने तथा एसपीजी अटोमोबाइल्स र सिद्धार्थ टेकका सदस्यहरुको उपस्थितिमा औपचारिक रुपमा अनावरण गरिएको थियो । ओमोडाले सो क्षेत्र भित्रका ग्राहकहरुलाई एकै स्थानबाट सम्पूर्ण सेवा प्रदान गर्दै आफ्नो डिलर नेटवर्कको विस्तारमा महत्वपूर्ण कोसेढुङ्गाको रूपमा स्थापित रहने विश्वास लिएको बताएको छ ।
एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा ई–फाइभको लागि उत्साहजनक र सकारात्मक बजार प्रतिक्रिया पाएको र नेपालगञ्जका ग्राहकलाई विद्युतीय सवारी साधन प्रविधिमा भएको पछिल्लो प्रगतिको आदानप्रदान गर्दै, नयाँ गाडीहरू प्रदर्शनी गर्ने तथा खरिदमा उचित फाइनान्सिङ गर्ने लगायतका एकै ठाउँमा प्राप्त गर्न सकिने सुविधा सुनिश्चित गर्ने आफूहरुको प्रतिबद्धता व्यक्त गरे ।
नेपालगञ्जमा एसपिजि अटोमोबाइल्स प्रा.लि.को नयाँ आधिकारिक वितरक ‘सिद्धार्थ टेक प्रालि’ यही जुलाई २०२४ देखि उदघाटनसँगै सञ्चालनमा आएको छ ।
ओमोडा ई–फाइभ विद्युतीय सवारीले विभिन्न विशेषता सहित सुरक्षित, आधुनिक र नौलो ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । प्रि–बजेट मूल्य ६१ लाख ९९ हजार रुपैयाँ मूल्यको सिंगल टोन र ६२ लाख ४९ हजार रुपैयाँ मूल्यको ड्युअल टोन भएको ओमोडा ई–फाइभ नेपालको अग्रणी ईभी ब्रान्ड र मोडल भएको कम्पनीको भनाइ छ ।
यसले ४३० किलोमिटरको लामो रेन्ज, १८० एमएमको ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावर प्रदान गर्दछ । लेभल २.५ को एडीएएस, सुरक्षित ड्राइभिङ प्रणाली रहेको ओमोडा ई–फाइभ, नेपाली बजारमा लिथियम आइरन फस्फेट ब्लेड ब्याट्रीद्वारा सञ्चालित रहेको छ ।
एसपीजी अटोमोबाइल्स ओमोडा र जेइको अटोमोबाइल्सको नेपालका लागि आधिकारिक वितरक हो ।
काठमाडौं – नेपालका लागि सीएफमोटो र जीहो इलेक्ट्रिक स्कुटरको आधिकारिक...
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी...
काठमाडौं – नेपालका लागि किङलङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले यस...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...