असोज पहिलो साता ओमेगा सेइकी मोविलिटीका इलेक्ट्रिक साधन नेपाल आउने

इलेक्ट्रिक भेइकल व्रान्ड ओमेगा सेइकीका टु ह्विलर, थ्रि ह्विलर र फोर ह्विलर साधन नेपाली बजारमा उपलब्ध हुने भएका छन् । फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक समेत रहँदै आएको एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले यी सवारी साधनलाई नेपाल भित्र्याउन लागेको हो । असोज पहिलो साता यी साधन नेपाली बजारमा औपचारिक लन्च हुने कम्पनी स्रोतले बताएको छ ।

यी तीन सेग्मेन्टका सवारी साधनमध्ये इलेक्ट्रि टु ह्विलर भने उत्पादनकै क्रममा रहेका कारण भारतीय बजारमा लन्च भए पश्चात नेपाल आउने बताइएको छ । वाँकी तीन पाङ्ग्रे र चार पाङ्ग्रे इभी भने तत्कालै नेपाल आउनेछन् ।

तीन पाङ्ग्रेमा यो व्रान्डसंग रेज प्लस, रेज प्लस स्वाप, रेज प्लस -यापिड, रेज प्लस फ्रोस्ट लगायतका मोडल उपलब्ध छन् । तीन पांग्रे सवारीका क्षेत्रमा यो भारतको दोस्रो ठूलो कम्पनी भएको दावी गरिएको छ । यसैगरी फोर ह्विलरमा एम१केए मिनी ट्रक उपलब्ध छ । टु ह्विलरमा भने फेरी र जोरो मोडलमा इलेक्ट्रिक स्कुटर आउने तयारीमा छन् ।

एंग्लियन ओमेगा ग्रुप अन्तर्गत स्थापित ओमेगा सेइकी मोबिलिटीले यी सवारी साधन उत्पादन गर्छ । यो ग्रुपले इलेक्ट्रिक मोबिलिटी वाहेक हाई टेक अटो कम्पोनेन्ट्स, इन्फ्रास्ट्रक्चर्स, सप्लाई चेन म्यानेजमेन्ट सर्भिसेज, ट्रेडिङ र स्पोट्र्सको क्षेत्रमा समेत कारोबार गरिरहेको छ । यो व्रान्डको नेटवर्क भारत वाहेक युएई, स्विट्जरल्यान्ड, थाइल्यान्ड, जापान र हङकङमा समेत विस्तार भैसकेको छ ।

सम्बन्धित समाचारहरू

केई एक्स३ प्रो ईभी अब ९९ किलोवाटमा उपलब्ध, सुरुवाती मूल्य ४३ लाख ९६ हजार

केई एक्स३ प्रो ईभी अब ९९ किलोवाटमा उपलब्ध, सुरुवाती मूल्य ४३ लाख ९६ हजार

काठमाडौं – केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले...

चीनले विकास गर्‍यो १२ मिनेटमै फुल चार्ज हुने ब्याट्री, इलेक्ट्रिक सवारीको भविष्यमा ठूलो फड्को

चीनले विकास गर्‍यो १२ मिनेटमै फुल चार्ज हुने ब्याट्री, इलेक्ट्रिक सवारीको भविष्यमा ठूलो फड्को

चीनले इलेक्ट्रिक सवारी क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ...

आकर्षक लुक्स र फिचरका साथ नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक स्कुटर कोमाकी भेनिस

आकर्षक लुक्स र फिचरका साथ नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक स्कुटर कोमाकी भेनिस

नेपाली बजारमा हालै भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड कोमाकीका दुई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...