बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
न्यूयोर्कस्थित स्टार्टअप कम्पनी ओलम्पियन मोटर्सले एकदमै फरक दृष्टिकोणका साथ दुईवटा विद्युतीय कार सार्वजनिक गरेको छ । कम्पनीले सार्बजनिक गरेको मोडेल ०१ र ८४ मा मोर्डन टेक्नोलोजीका साथ भिन्टेज शैलीका डिजाइनहरू समावेश गरिएको छ । कम्पनीका अनुसार दुबै ईभीहरू मोड्युलर हुन् ।
मोडल–०१ को लुक्स दशकौ पहिलेको कर्वी सेडानबाट प्रेरित छ भने मोडल ८४ एक ओपन–टप बक्सी एसयूभी हो । दुबै मोडेलहरू २–ढोका र ४–ढोका अप्सनमा उपलब्ध हुनेछ । मोडल ०१ र मोडल ८ लाई चिनियाँ ई–मोबिलिटी कम्पनी यू पावरले बनाएको “स्केटबोर्ड चेसिस“ द्वारा अण्डरपिन गरिएको छ ।
कारको बडी मिलिटरी ग्रेड कार्बन फाइबर र टाइटेनियमबाट बनेको बताइएको छ । कारभित्र ल्यामिनेटेड ग्लास र ९ वटा एयरब्याग दिइएको छ । कारको भित्र र बाहिरी भागमा अत्यन्त न्यून फिचर दिइएको छ । यी ईभीको इन्टेरियरमा कुनै पनि प्रकारको स्क्रिन दिइएको छैन भने ड्यासबोर्डमा धेरै रेट्रो–शैलीका बटन एबं स्विचहरू पाउन सकिन्छ ।
कारमा हेड–अप डिस्प्ले, सिट समायोजन र प्रकाशलाई नियन्त्रण गर्न भ्वाइस कमाण्ड सिस्टम दिइएको छ भने रिसाइकल गर्न मिल्ने सामाग्री प्रयोग गरिएको छ ।
यी दुई ईभी मध्ये मोडल ०१ मा ३१० बिएचपी पावर र ४१४ एनएम टर्क जेनेरेट गर्न सक्ने इलेक्ट्रिक मोटर जडान गरिएको छ । रियर ह्विल ड्राइभ सिस्टम दिइएको सो मोडललमा ८२ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । जसको रेन्ज ३२५ देखी ४९० किलोमिटर रहेन दावी गरिएको छ । यसलाई २५७ किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।
यसैगरी, मोडल ८४ मा ८९ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । सींगल चार्जमा सो एसयुभीले ३२५ देखी ५४० किलोमिटर रेन्ज दिने दावी छ । यसलाई पनि २५७ प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...