ओला इलेक्ट्रिक सेगमेन्टमा प्रवेश गर्ने, २०२४ मा पहिलो इलेक्ट्रिक कार लन्च गर्ने सम्भावना

इलेक्ट्रिक स्कुटरको सफलता पछि ओलाले अब इलेक्ट्रिक कार पनि लन्च गर्ने भएको छ । कम्पनीका सीएफओ जीआर अरुण कुमारले कम्पनीले २०२४ सम्ममा इलेक्ट्रिक कार लन्च गर्ने जानकारी दिएका छन् ।

कम्पनीले हाल सो इलेक्ट्रिक कारको एड्भान्स डिजाइनमा काम गरिरहेको छ । इलेक्ट्रिक स्कुटरमा पर्याप्त अनुभव रहेकोले इलेक्ट्रिक कार विकासमा फाइदा पुग्ने कम्पनीले जानकारी दिएको छ ।

ओला इलेक्ट्रिकका संस्थापक भाविश अग्रवालले ४० लाख भन्दा कमको इलेक्ट्रिक कार लन्च गर्ने बताएका थिए । इलेक्ट्रिक सवारी साधनमा प्रयोग हुने ब्याट्रीले मूल्यमा ठूलो असर पारेको हुन्छ । लिथियम सेल अन्य देशबाट आयात गर्नुपर्ने भएकोले यो निकै महँगो हुन्छ ।

ओलाले स्वदेशमै लिथियम आयन सेलको उत्पादन सुरु गने जानकारी दिएक।े हो । यसका लागि कम्पनीले तमिलनाडुमा गिगाफ्याक्ट्री बनाएको छ । जहाँ कम्पनीले यसै वर्षदेखि लिथियम आयन ब्याट्री उत्पादन गर्न थाल्नेछ । लिथियम ब्याट्रीको उत्पादन सुरु भएसँगै इलेक्ट्रिक सवारी साधनको मूल्य घट्ने अपेक्षा गरिएको छ ।

ओलाको इलेक्ट्रिक कारले टाटा मोटर्स, हुन्डाई, किया, बीएमडब्ल्यू, औडी, मर्सिडिज र भल्भो आदि कम्पनीसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

ओमोडाको नेपालमा १ वर्ष पुरा, ८५० ईभी सडकमा, जेकोको २ नयाँ मोडल आउँदै

ओमोडाको नेपालमा १ वर्ष पुरा, ८५० ईभी सडकमा, जेकोको २ नयाँ मोडल आउँदै

काठमाडौं–चिनियाँ अटो निर्माता चेरी अन्तर्गतको ईभी ब्रान्ड ओमोडा नेपाल...

युरोपमा सार्वजनिक भयो दिपल ईभी ब्रान्ड

युरोपमा सार्वजनिक भयो दिपल ईभी ब्रान्ड

चांगान अटोमोबाइलले सेयरिङ द फयुचर थिममा जर्मनीमा २०२५ चांगान युरोप...

विद्युतीय सवारीको प्रयोग बढाउन नीतिगत अस्थिरता हट्नु पर्नेमा जोड

विद्युतीय सवारीको प्रयोग बढाउन नीतिगत अस्थिरता हट्नु पर्नेमा जोड

काठमाडौं – नेपालमा बढ्दै गएको विद्युतीय सवारीलाई प्रवद्र्धन र विकास गर्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...