ओलाले ल्यायो एस१ प्रो भन्दा सस्तो इलेक्ट्रिक स्कुटर

भारतीय इभी निर्माता ओलाले हिँजो नयाँ इलेक्ट्रिक स्कुटर एस१ लन्च गरेको छ । एस१ प्रो जस्तै देखिने यो स्कुटरको शुरुवाती मूल्य १ लाख भारु तोकिएको छ ।

अघिल्लो वर्ष लन्च भएको एस१ प्रोलाई कम्पनीले १ लाख १५ हजार भारुमा बिक्री गर्दै आइरहेको छ । यो नयाँ स्कुटरमा पनि एसवा१ प्रोमा जस्तै नयाँ सफ्टवयेर मुभ एसओ३ अपग्रेड गरिएको कम्पनीले जनाएको छ ।

यो स्कुटरमा ३ किलोवाट आवर व्याट्री प्याक जडान गरिएको छ । जसको पिक मोटर पावर ८.५ किलोवाट र रेटेड मोटर पावर ५.५ किलोवाट आवर रहेको छ । यसमा इको, नर्मल र स्पोर्टस गरी कुल ३ प्रकारको राइडिङ मोड उपलब्ध गराइएको छ ।
जसमध्ये इको मोडमा चलाउँदा १२८ किलोमिटर रेन्ज प्राप्त गर्न सकिने दावी गरिएको छ । स्कुटरलाई ९० किलोमिटर प्रतिघन्टासम्मको उच्चतम गतिमा हाँक्न सकिन्छ ।

अन्य फिचर्स एस१ प्रो सरहनै उपलब्ध गराइएपनि यसमा क्रुज कन्ट्रोल भने दिइएको छैन । यो स्कुटरले भारतमा बजाज चेतक र टिभिएस आइक्यूवसंग प्रतिस्पर्धा गर्ने अनुमान अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

आजबाट टाटा ईभी अटो कार्निभल, विशेष अफरका साथै माल्दिभ्स भ्रमणको अवसर

आजबाट टाटा ईभी अटो कार्निभल, विशेष अफरका साथै माल्दिभ्स भ्रमणको अवसर

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

चीनमा इलेक्ट्रिक फ्लस डोर ह्यान्डल प्रतिबन्धित हुने

चीनमा इलेक्ट्रिक फ्लस डोर ह्यान्डल प्रतिबन्धित हुने

विश्वभर प्रिमियम र इलेक्ट्रिक सवारी साधनहरूमा आधुनिक डिजाइनको प्रतीकका...

बजेटपछि यी इलेक्ट्रिक कारमा भयो मूल्य समायोजन, टाटा नेक्सनको कहिले ?

बजेटपछि यी इलेक्ट्रिक कारमा भयो मूल्य समायोजन, टाटा नेक्सनको कहिले ?

आगामी आर्थिक वर्षको बजेटमा ५१ देखि १०० किलोवाट क्षमतासम्मका इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...