भारतको चर्चित इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘ओला’ नेपाल आउने

काठमाडौं – भारतको चर्चित इलेक्ट्रिक स्कुटर ब्रान्ड ओला नेपाल भित्रिने भएको छ । नेपालका लागि आधिकारिक वितरकको रुपमा सीजी मोटर्सले सो ब्रान्ड नेपाल ल्याउने भएको हो ।

सीजी मोटर्सले केही समय यता नेपाली बजारमा चीनको होजोन मोटर्सद्वारा उत्पादित नेटा भी इलेक्ट्रिक कार बिक्री–वितरण गरिरहेको छ । अब भने सोही कम्पनीले ओला स्कुटर समेत नेपाल ल्याउने भएको हो ।

भारतमा अत्यधिक माग भएर चर्चामा रहेको सो ब्रान्ड नेपाल भित्र्याउन धेरै कम्पनीहरु लागिपरेकोमा चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले जिम्मेवारी पाएको हो । आगामी असोज ६ देखि ९ गते सम्म आयोजना हुने नाडा ईभी एक्सपो २०२२ मा केही मोडल प्रदर्शन हुने अनुमान गरिएको छ ।

ओलाका एस१ र एस१ प्रो गरी दुई मोडल छन् । त्यसैगरी कम्पनीले आगामी दिनमा इलेक्ट्रिक कार ल्याउने समेत बताएको छ र टिजर सार्वजनिक भइसकेको छ ।

सम्बन्धित समाचारहरू

याडिया ओविन इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक, दशै विशेष मूल्य २ लाख १० हजार

याडिया ओविन इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक, दशै विशेष मूल्य २ लाख १० हजार

काठमाडौं – नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले...

पाँच बर्षभित्र १४ नयाँ इभी ल्याउने कियाको योजना

पाँच बर्षभित्र १४ नयाँ इभी ल्याउने कियाको योजना

कोरियन अटो निर्माता कियाले सन् २०२७ सम्ममा १४ वटा मोडलका इलेक्ट्रिक कार...

स्कुटरमा प्रयोग हुने ब्याट्रीको आयु कति हुन्छ ? बिग्रिएमा के गर्ने ? फेर्न परेमा कति पैसा लाग्छ ?

स्कुटरमा प्रयोग हुने ब्याट्रीको आयु कति हुन्छ ? बिग्रिएमा के गर्ने ? फेर्न परेमा कति पैसा लाग्छ ?

ब्याट्री प्रायः तीन खालका हुन्छन्, लिथियम आयोन (यसलाई NMC भनिन्छ), लिथियम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...