यस्तो हुनेछ ओलाको इलेक्ट्रिक कार, टिजर सार्वजनिक

भारतमा राइड सेयरिङ सर्भिसमार्फत चर्चामा आएको ओलाले आगामी दिनमा इलेक्ट्रिक कार समेत ल्याउने संकेत गरेको छ । ओलाका सीईओ भावेश अग्रवालले सोसल मिडिया ट्विटरमा ओलाको आगामी दिनमा बजारमा आउने इलेक्ट्रिक कारको टिजर सार्वजनिक गरेका छन् ।

उक्त इलेक्ट्रिक कार ओला ई–कारको एक डिजाइन कन्सेप्ट जस्तो देखिन्छ, जुन स्टाइलिस ब्याट्री–इलेक्ट्रिक ह्याचब्याक कार हुनेछ । ओलाले केही समय पहिले देखि इलेक्ट्रिक स्कुटर समेत बजारमा ल्याएको छ । अब यसले कार समेत ल्याउने संकेत गरेको छ ।

ओलाले हालै भारतीय बजारमा ल्याएको ओला एस१ र एस१ प्रो इलेक्ट्रिक स्कुटर लोकप्रिय बनिरहेका छन् । ओलाका सीईओले पहिले पनि आगामी सन् २०२३ सम्ममा इलेक्ट्रिक कार बजारमा ल्याउने संकेत गरेका थिए । मिडिया रिपोर्टका अनुसार कम्पनीका अधिकारीहरुले यो त्यसैको टिजर भएको समेत बताएका छन् ।

भावेश अग्रवालले यो भन्दा पहिले पनि जापानको सफ्टबैंक ग्रुपको सहयोगमा इलेक्ट्रिक कार ल्याउने संकेत गरेका थिए ।

सम्बन्धित समाचारहरू

‘एमएडब्लु बाईब्याक’ योजनाले बढायो दिपल एस०७ प्रतिको विश्वास

‘एमएडब्लु बाईब्याक’ योजनाले बढायो दिपल एस०७ प्रतिको विश्वास

एमएडब्लु वृद्धिले केही साताअघि दिपल एस०७ आईसीएमा लागू गरेको बाईब्याक...

वाडा अटो शोमा एलईभी ०१ ईभीका दुई भेरिएन्ट शोकेस गरिदैँ

वाडा अटो शोमा एलईभी ०१ ईभीका दुई भेरिएन्ट शोकेस गरिदैँ

काठमाडौं – एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर...

४ वर्ष सम्मको किस्तावन्दिमा एनआईयू स्कुटर, मासिक किस्ता ५ हजारभन्दा कम

४ वर्ष सम्मको किस्तावन्दिमा एनआईयू स्कुटर, मासिक किस्ता ५ हजारभन्दा कम

काठमाडौं–एनआईयू स्कुटरको नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...