बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
इलेक्ट्रिक स्कुटर सेगमेन्टमा ओकिनावा कम्पनीको स्कुटर निकै लोकप्रिय स्कुटरमा पर्छ । कम्पनीले इलेक्ट्रिक बाइक ओकि१०० भारतीय बजारमा लन्च गर्ने योजना बनाइरहेको छ । जसको टिजर हालै कम्पनीले सार्वजनिक गरेको छ । सो टिजरको क्याप्सनमा कमिङ सुन भनेर लेखिएको छ ।
सो बाइक २०१८ अटो एक्सपोमा प्रोटोटाइपको रुपमा पेश गरिएको थियो । २०२० को तिहारमा सो बाइक लन्च गर्ने योजना बनाएको थियो तर कोरोना भाइरसको कारणले सो बाइक लन्च गर्न सकिएन । हालै कम्पनीले ओकी १०० बाइक भारतीय बजारमा लन्च गर्ने घोषणा गरेको छ र यसको टिजर सार्वजनिक गरेको छ ।
ओकी १०० इलेक्ट्रिक बाइकको मूल्य १ लाख एक्स शोरुम मूल्य हुनेछ । सो बाइकले रिभोल्ट आरभी४०० सँग सिधा प्रतिस्पर्धा गर्नेछ । कम्पनीले सो बाइक ग्राउन्ड अपबाट निर्माण गर्ने घोषणा गरिसकेको छ । यसमा अन्डाकार आकारको हेडल्याम्प, मस्क्युलर फ्युल ट्यांक र माथि उठेको ह्यान्डलबार रहेको छ ।
सो बाइकमा लिथियम आयोन व्याट्री प्याकको साथमा २.५ केडब्ल्यु मोटरको प्रयोग गरिएको छ । कम्पनीले सो बाइक सिंगल चार्जमा १५० किलोमिटरको रेन्ज दिने दावी गरेको छ । सो बाइकको टप स्पिड १०० किलोमिटर प्रतिघन्टा रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...