२ सय किमी रेन्ज दिने ओकाया फास्ट इलेक्ट्रिक स्कुटर सार्वजनिक

भारतमा हालै सम्पन्न ईभी एक्सपोमा ब्याट्री निर्माता कम्पनी ओकाया इलेक्ट्रिकले हाई स्पिड इलेक्ट्रिक स्कुटर र मोटरसाइकल प्रदर्शन गरेको थियो । कम्पनीले ओकाया फेराटो नामको इलेक्ट्रिक बाइक पनि प्रदर्शनमा राखेको थियो । ओकायासँग हाल एभियोनिक, क्लासिक र फ्रिडम गरी तीनवटा इलेक्ट्रिक सवारी साधन छन् ।

त्यही समयमा चर्चित बनेको ओकाया इलेक्ट्रिकले नयाँ द्रुत ई–स्कुटर लन्च गरेको छ । यस ई–स्कुटरको मूल्य ८९ हजार ९९९ भारु तोकिएको छ । सार्वजनिक भएसँगै कम्पनीको अनलाइन वेबसाइट र डिलरसिपमा यो स्कुटरको बुकिङ सुरु भएको छ ।

सो इलेक्ट्रिक स्कुटर १ हजार ९९९ भारुमा बुक गर्न सकिन्छ । कम्पनीले जनवरीको अन्त्यबाट यस स्कुटरको डेलिभरी सुरु गर्नेछ र भारतीय बजारमा यसले ओला इलेक्ट्रिक एस१ र एस१ प्रो, टीभीएस आइक्युब, एथर ४५० एक्स, बाउन्स इन्फिनिटी ई१ र बजाज चेतक जस्ता इलेक्ट्रिक स्कुटरहरूसँग प्रतिस्पर्धा गर्नेछ ।

ओकाया फास्ट इलेक्ट्रिक स्कुटर कनेक्टेड इलेक्ट्रिक स्कुटरको रूपमा आउँछ र यसको फ्रन्ट एप्रोनमा एलईडी हेडल्याम्प, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र कम्बाइड ब्रेकिङ सिस्टमको साथै एलईडी डीआरएल समावेश गरिएको छ । यो ई–स्कुटर पूर्ण रूपमा आईओटी सक्षम छ । यो रातो, खैरो, हरियो र सेतो रङमा उपलब्ध छ र फ्ल्याट फुटबोर्ड र सिंगल फ्ल्याट सिटमा डुअल टोन पेन्ट स्किम उपलब्ध रहेको छ ।

ओकाया इलेक्ट्रिक स्कुटरमा ४.४ केडब्ल्यु लिथियम फस्फेट ब्याट्री जडान गरिएको छ । जसले ६० देखि ७० किलोमिटरको गति लिन सक्छ र सिंगल चार्जमा १५० किलोमिटरको रेन्ज प्रदान गर्छ । साथै यो ई–स्कुटरले निश्चित सवारी अवस्थामा २०० किलोमिटरको रेन्ज पनि कभर गर्न सक्छ ।

सम्बन्धित समाचारहरू

६ नयाँ मोडलसहित फरारीले अक्टोवरमा पहिलो ईभी सार्वजनिक गर्ने

६ नयाँ मोडलसहित फरारीले अक्टोवरमा पहिलो ईभी सार्वजनिक गर्ने

लक्जरी स्पोट्र्स कार निर्माता फरारीले आगामी अक्टोबरमा आफ्नो पहिलो...

एन्टी थेफ्ट अलार्म र लाइभ ट्रयाकिङ जस्ता फिचर भएको इलेक्ट्रिक स्कुटर राइडर सुपरम्याक्स

एन्टी थेफ्ट अलार्म र लाइभ ट्रयाकिङ जस्ता फिचर भएको इलेक्ट्रिक स्कुटर राइडर सुपरम्याक्स

जिमोपाइले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर राइडर सुपरम्याक्स भारतमा लन्च...

शुरु भयो जीहो एक्सचेन्ज एन्ड अपग्रेड, थप छुट र अन्य सुविधा

शुरु भयो जीहो एक्सचेन्ज एन्ड अपग्रेड, थप छुट र अन्य सुविधा

सीएफमोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...