कारमा प्रयोग हुन्छन् यी ६ प्रकारका आयल, कुनको काम के ?

कारलाई राम्रो कन्डिशनमा राख्नका लागि समय समयमा मर्मत गर्नुका साथै समयमै सर्भिस गर्नुपर्छ । कारमा इन्जिनसहित सबै मेसिनले राम्ररी काम गर्नका लागि कारमा लुब्रकेन्ट्को प्रयोग गरिन्छ । कारमा विभिन्न ६ प्रकारका आयल फेरिन्छन् । यी आयल पनि समय समयमा परिवर्तन गर्न आवश्यक छ ।

इन्जिन आयल
कारमा प्रयोग हुने सबैभन्दा महत्वपूर्ण तरल पदार्थ इन्जिन आयल हो । कारलाई १० हजार किलोमिटर वा ६ महिनापछि सर्भिसिङ गराउनु पर्छ । महिनामा एक पटक इन्जिन आयलको स्तर र चिपचिपापन पनि जाँच गर्नुपर्छ ।

कुलेन्ट
इन्जिनको ताप घटाउनका लागि कुलेन्ट इन्जिनको प्रयोग गरिन्छ । वर्षमा २ पटक कारको कुलेन्ट जाँच गर्नुपर्छ । एक पटक जाडोमा र एक पटक गर्मीमा । सामान्यतया यसलाई प्रत्येक २ देखि ३ वर्षमा परिवर्तन गर्नुपर्छ ।

ट्रान्समिशन आयल
ट्रान्समिशन आयलको प्रयोगले कारको गियरबक्सले राम्ररी काम गर्छ । ट्रान्समिसन आयल प्रत्येक ५० हजार देखि १ लाख किलोमिटर पछि जाँच गर्नुपर्छ ।

ब्रेक आयल
ब्रेक आयलको मुख्य काम कारको ब्रेकलाई ठीकसँग काम गरिराख्ने बनाउनु हो । कारमा ब्रेकले राम्ररी काम गरेन भने पहिले ब्रेक आयल जाँच गर्नुपर्छ । यसलाई प्रत्येक सर्भिसिङमा वा वर्षमा २ पटक परिवर्तन गर्नुपर्छ ।

पावर स्टेयरिङ आयल
पावर स्टेयरिङ आयल कारको स्टेयरिङ सहज र कुशल तरिकाले चलाउनका लागि प्रयोग गरिन्छ । यो सामान्यतया कम हुँदैन । यदि यो घटेमा ठूलो समस्या हुन सक्छ । पावर स्टेयरिङ जाँच गर्न धेरै महत्वपूर्ण छ ।

विन्डशिल्ड वाइपर आयल
यो धेरै महत्वपूर्ण तरल पदार्थ नभए पनि यसको जाँच गर्नुपर्छ । फोहोर विन्डशिल्ड सफा गर्नका लागि विन्डशिल्ड वाइपर आयलको प्रयोग गरिन्छ । तर पनि नियमित रुपमा यसको जाँच गरिरहनु पर्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...