काठमाडौं - हाउजे बाइकको लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नले आफ्ना ग्राहकलाई लक्षित गरी अफ रोड र्याली गर्ने भएको छ । नेपालमा २ सय वटा बाइक बिक्री भएको अवसरमा यही चैत्र ७ गते शनिबार बिहान ९ बजेबाट र्याली गर्न लागिएको कम्पनीका म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् ।
हाउजे शोरुम कमलपोखरीबाट सुरु हुने र्याली देउराली टिका भैरव हुँदै पुन जवालाखेल हाउजेको आधिकारिक सर्भिससेन्टर आएर अन्त्य हुनेछ । र्याली ४० किमी दुरीको हुनेछ । र्यालीमा सहभागी राइडरलाई खाजा, पेट्रोल, हाउजे ब्राण्ड प्रिन्ट गरिएको ज्याकेट प्रदान गरिनेछ । फ्रि चेकअपका साथै वासिङ सेवा पनि ग्राहकले निःशुल्क पाउनेछन् । ‘र्यालीको तयारीलाई तिब्र बनाएका छौं,’ खत्रीले भनिन् ।
कम्पनीको प्रतिनिधि पनि सहभागी हुने र्यालीमा अझै ग्राहकसंगको सम्बन्ध नजिक हुनुको साथै अफ रोड बाइक चलाउँदाको अनुभव, आन्तरिक पर्यटनमा बृद्धि हुने अपेक्षा गरिएको खत्रीले बताइन् ।
हाउजे ब्रान्ड नेपाली बजारमा २०७६ सालमा भित्रिएको थियो । कम्पनीले हाल एनके १५०, टिआर १५०, केए १५० मोडलका मोटरसाइकल र भिएस १२५ मोडलका स्कुटर आयात गर्दै आइरहेको छ ।
यी मध्ये सबैभन्दा लोकप्रिय डर्ट सेगमेन्टको बाइक हाउजे एनकेथपेको छ । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ ।
हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा यसको तुलना सुजुकीसँग हुने बताइएको छ । सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्ड नेममा बिक्री गरिरहेको छ । इन्डोनेसिया र अन्य देशमा यी बाइक निकै नै लोकप्रिय छन् ।