सीजी मोटर्समार्फत हिरोको विद्युतीय ब्रान्ड ‘भिडा’ भित्रियो नेपाल, यी हुन् नयाँ मोडल
काठमाडौँ– हिरो मोटोकर्पको विद्युतीय ब्राण्ड ‘भिडा’ (VIDA) नेपाली बजारमा...
स्कोडाले गत वर्ष अटो एक्सपोमा सार्वजनिक गरेको भिजन आईएन अर्थात भिजन इन कन्सेप्टको वास्तविक नाम आगामी २०२१ जनवरीमा सार्वजनिक गर्ने भएको छ । सो कम्प्याक्ट एसयूभीलाई आगामी मार्चमा सार्वजनिक गरिने छ ।
सो एसयूभी भारतमै तयार गरिएको फक्सवागन ग्रुपको एमक्यूबी एओ इन मोडुलर प्लेटफर्ममा विकसित गरिने छ ।
स्कोडाले भिजन आईएनलाई प्रिमियम प्रडक्टका रुपमा पोजिसन गर्ने लक्ष्य राखेको छ त्यसैले यसमा धेरै अप–टु–डेट फिचर हुने अनुमान गर्न सकिन्छ । यसको टीएफटी इन्स्ट्रयुमेन्ट कन्सोलले यसलाई प्रतिस्पर्धीलाई भन्दा आकर्षक बनाउनेछ । साथै यसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, स्टेट अफ द आर्ट कनेक्टिभिटी फिचर, मल्टिपल एअरब्याग, एबीएस, इबीडी, अलोय ह्विल, एलईडी हेडलाइट जस्ता फिचर हुनेछन् ।
स्कोडा भिजन आईएनमा १.५ लिटरको टर्बोचार्ज्ड पेट्रोल इन्जिन हुनेछ जसले १५० एचपी पावर उत्पन्न गर्नेछ । र यो म्यानुअल र डीएसजी अटोमेटिक ट्रान्समिसन दुवैमा उपलब्ध हुने अनुमान छ । यो एसयूभी मात्र ९ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रति घन्टाको रफ्तारमा दौडन सक्नेछ ।
भिजन आईएन एसयूभी अहिले बजारमा लोकप्रिय उत्पादन हुन्डाई क्रेटा र किया सेल्टोसप्रति स्कोडाको जवाफ हुन सक्ने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...