आईसीसी मेन्स टी२० वर्ल्ड कप क्रिकेटको अफिसियल कार बन्यो निसान म्याग्नाइट

आईसीसी मेन्स टी२० वर्ल्ड कप क्रिकेटको अफिसियल स्पोन्सर निसान बनेको छ भने निसानले पछिल्लो समय बजारमा उपलब्ध गराएको कार निसान म्याग्नाइट टुर्नामेन्टको अफिसियल कार बनेको छ । निसानले हालै यसको जानकारी दिएको छ ।

आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा आयोजना हुने उक्त टुर्नामेन्टमा द बिग बोल्ड ब्युटीफुल निसान म्याग्नाइटलाई सहभागी बनाउन पाउँदा आफूहरु निकै नै हर्षित बनेको निसान मोटर इन्डियाका अध्यक्ष सिनान ओज्कोकले बताए ।

निसान इन्डियाले क्रिकेट लिजेन्ड कपिलदेवसँग विभिन्न क्याम्पेनका लागि सहकार्य समेत गरेको छ कपिलदेवले आईसीसी मेन्स टी२० वर्ल्ड कपको भर्चुअल ट्रफी टुरलाई इन्स्टाग्राममार्फत प्रवद्र्धन समेत गर्नेछन् ।

निसानले अन्तर्राष्ट्रिय रुपमै क्रिकेट खेलको विकासका लागि सन् २०१६ देखि नै अफिसियल स्पोन्सरको रुपमा सहकार्य गर्दै आएको छ । हाल अफिसियल कारको दर्जा पाएको निसान म्याग्नाइट भारतमा गत डिसेम्बरमा डेब्यु गरे यता ६० हजार भन्दा बढी बुकिङ पुगिसकेको छ । नेपाली बजारमा समेत निसानको बजारलाई माथि उठाउन यसको महत्वपूर्ण भूमिका छ ।

सब–फोर मिटर एसयूभीको रुपमा परिचित निसान म्याग्नाइट सबैभन्दा अफोर्डेबल एसयूभी समेत मानिन्छ र ५० हजार किलोमिटर गुड्दा सम्म सबैभन्दा कम अर्थात प्रतिकिलोमिटर ३० पैसा मात्र मर्मत खर्च हुने एसयूभी भएको दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

निसानले लन्च गर्दै नयाँ एसयूभी टेक्टन, टिजर सार्वजनिक

निसानले लन्च गर्दै नयाँ एसयूभी टेक्टन, टिजर सार्वजनिक

निसानले आफ्नो नयाँ एसयूभी टेक्टन लन्च गर्ने तयारी गरिरहेको छ । लन्च...

नेपाली सडकमा देखियो निसान म्याग्नाइट फेसलिफ्ट, केही दिनमै लन्च हुने

नेपाली सडकमा देखियो निसान म्याग्नाइट फेसलिफ्ट, केही दिनमै लन्च हुने

काठमाडौं – नेपाली बजारमा कुनै समय निकै नै चर्चित बनेको निसान म्याग्नाइटको...

कलंकीमा खुल्यो निसान ड्याटसनको नयाँ सोरुम

कलंकीमा खुल्यो निसान ड्याटसनको नयाँ सोरुम

काठमाडौं – नेपालमा निसान र ड्याटसन गाडीको आधिकारिक वितरक पायोनियर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...