प्रदूषण नियन्त्रणका लागि हप्तामा दुई दिन विदा र जाेरविजाेर सवारी चलाउन मन्त्रालयको सुझाव

काठमाडौं - काठमाडौं उपत्यकामा बढिरहेको वातावरण प्रदूषण नियन्त्रणका लागि बिहीबार सहरी विकास मन्त्रालयमा छलफल भएको छ । आज भएको सरोकारवाला र विज्ञहरूसँगको छलफलमा काठमाडौं उपत्यकामा दैनिक बढिरहेको प्रदूषण नियन्त्रणका लागि हस्तामा दुई दिन सार्वजनिक बिदा दिने विषयमा छलफल भएको कार्यवाहक प्रधानमन्त्री समेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।

उनका अनुसार आज भएको विज्ञहरु र सरोकारवालाहरुको छलफलमा विज्ञहरूले प्रदूषण कम नहुँदासम्म हप्ताको दुई दिन सार्वजनिक बिदा दिन र जोर–बिजोर गरेर सवारी साधन चलाउन सरकारलाई सुझाव दिएका छन् । यस्तै सडक र अन्य आयोजना निर्माण गर्दा समेत अनिवार्य रूपमा प्रदूषणसम्बन्धी शुल्क तिर्ने व्यवस्था गरिनुपर्नेमा विज्ञहरूले सुझाव दिएका छन् ।

मन्त्री सिंहले उद्योगधन्दा कलकारखाना लगायत अन्य पूर्वाधार निर्माणका कारण बढ्दै गएको प्रदूषण रोक्न पहल गर्ने विषयमा आफू गम्भिर रहेको समेत बताएका छन् । सम्बन्धित निकायसँग छलफल गरेर प्रदूषण न्यूनीकरण गर्ने विषयमा आफूले कदम चाल्ने उनको भनाइ छ ।

सम्बन्धित समाचारहरू

नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै

नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै

नवलपुर (नवलपरासी) । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको...

बेनी–जोमसोम–कोरला योजना: आठ वर्षमा ८० प्रतिशत भौतिक प्रगति

बेनी–जोमसोम–कोरला योजना: आठ वर्षमा ८० प्रतिशत भौतिक प्रगति

म्याग्दी – आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी...

ग्वार्को फ्लाइओभर बनाउने निर्माण कम्पनी नै घाटामा, काम अझै नसकिदा म्याद थप्ने तयारी

ग्वार्को फ्लाइओभर बनाउने निर्माण कम्पनी नै घाटामा, काम अझै नसकिदा म्याद थप्ने तयारी

काठमाडौं – ठेकेदार कम्पनी आषिश–समानान्तर–रेलिगेर जेभी काठमाडौंलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...