निषेधाज्ञा कार्यान्वयनमा बाधा अवरोध गर्नेलाई १ वर्षसम्म कैद र ५ लाख जरिवाना हुने
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत जेठ ८ गते मध्यराति...
काठमाडौं– पछिल्लो पटक थपिएको निषेधाज्ञा सोमबार रातिदेखि समाप्त हुँदैछ ।
त्यसपछि पनि थप एक साताका लागि निषेधाज्ञा थप्ने तयारी भैरहेको छ ।
यद्यपि, काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउँदै विभिन्न पेशा, व्यावसाय चलाउन दिने विषयमा छलफल भएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी निषेधाज्ञा सात देखि दश दिनसम्म थप्ने विषयमा छलफल गरेका छन् ।
अबको थप निषेधाज्ञामा फेन्सी, भाँडाकुँडालगायत भीडभाड नहुने व्यवसाय चलाउन दिने तयारी भएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्यासका पसल बिहान ११ बजेसम्म खोल्न दिइएको छ ।
निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउन दिने विषयमा पनि छलफल भएको छ । सार्वजनिक सवारी साधन भने अबको थप निषेधाज्ञामा पनि चल्न पाउने छैनन् । यसैगरी यातायात तथा सवारी साधन संचालनका विषयमा यसअघि गरिएको जोरविजोरको मोडालिटीमा भन्दा अन्तिम अंकलाई आधार मानेर सोही अंकसँग मिल्दो बारका आधारमा सञ्चालन गर्न दिने विषयमा छलफल भइरहेको छ । यसो गर्दा एकैपटक सडकमा भीडभाड कम हुने आँकलन सरोकारवाला निकाय र स्थानीय प्रशासनको छ ।
आज बस्ने वैठकले यस विषयमा निर्णय गर्ने छ । सवारी साधन मर्मतका लागि वर्कशपहरु स्वास्थ्यका मापदण्ड अपनाएर खोल्न दिइएको छ ।
निजी तथा सार्वजनिक निर्माणको क्षेत्रमा काम गर्न यसअघि नै खुला गरिएको छ ।
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत जेठ ८ गते मध्यराति...
बैशाख १६ गतेदेखि पुनः निषेधाज्ञा लागू गर्ने सरकारी निर्णयसँगै व्यावसायिक...
आज धनतेरस । यो दिन कुनै पनि लोह वा सुन, चाँदी धातुका सामान किन्ने चलन पुरानै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...