एनवाईईएफ मोटर -यालीमा स्काइवेल ईटी५ मुख्य प्रायोजक

विराटनगर – नेप्लिज योङ आन्टरप्रेनर फोरम (एनवाईईएफ) को आयोजनामा विराटनगर देखि साँखेजुङ सम्मका लागि मोटर -याली प्रस्थान गरेको छ । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेतीद्वारा उद्घाटन गरिएको सो मोटर -यालीको मुख्य प्रायोजक स्काइवेल ईटी५ ईभी रहेको छ ।

करिव २५ कार सहभागी सो मोटर -याली विराटनगर देखि इटहरी, धरान, फिदिम बजार हुँदै साँखेजुङ पुग्ने छ भने फर्किदा कन्याम, चारआली, विर्तामोड, दमक, इटहरी हुँदै विराटनगर पुग्ने छ ।

एनवाईईएफ विराटनगर, सुनसरी र झापा च्याप्टरले सो -यालीका लागि आवश्यक व्यवस्थापन गरेका छन् ।

मोटर -यालीमार्फत कोशी प्रदेशको पर्यटन प्रवर्धन गर्ने लक्ष्य लिइएको सो -यालीमा नेपालमै सबैभन्दा बढी रेन्ज दिने दावी गरिएको विद्युतीय कार स्काइवेल ईटी५ समेत सहभागी भएर नयाँ अध्याय थपिएको स्काइवेलको आधिकारिक वितरक जी मोटर्सका म्यानेजिङ डाइरेक्टर कैलाशबाबु गेलालले बताए ।

स्काईवेल ईटी५ केही दिन पहिले मात्र नेपाल भित्रिएको हो । स्काइवेल ईटी५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसममा १५० किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ । यसको मूल्य १ करोड ९ लाख रुपैयाँ हुने जानकारी पहिल्यै सार्वजनिक भइसकेको छ ।

सो एसयूभी विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो।

सम्बन्धित समाचारहरू

आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले पाए भारतको प्रतिष्ठित इन्डियन अचिभर्स अवार्ड

आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले पाए भारतको प्रतिष्ठित इन्डियन अचिभर्स अवार्ड

काठमाडौं – आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले भारतको प्रतिष्ठित...

सीएचटीसीका ११ र १४ सिटे इलेक्ट्रिक भ्यानको खुल्यो बुकिङ, मूल्य र फिचर समेत सार्वजनिक

सीएचटीसीका ११ र १४ सिटे इलेक्ट्रिक भ्यानको खुल्यो बुकिङ, मूल्य र फिचर समेत सार्वजनिक

काठमाडौं – नेपाली बजारका लागि चाइना हाई–टेक अफरोड भेइकल कम्पनी (सीएचटीसी...

डोङफेङ नामीको अत्याधुनिक शोरुम  नागपाेखरी नक्सालमा खुल्दै, खुल्याे टेस्ट ड्राइभ

डोङफेङ नामीको अत्याधुनिक शोरुम नागपाेखरी नक्सालमा खुल्दै, खुल्याे टेस्ट ड्राइभ

काठमाडौं – काठमाडौंको नक्सालमा डोङफेङ नामीको अत्याधुनिक शोरुम खुल्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...