ओमोडा एन्ड जेइकोले ल्यायो एनपीएल विशेष ‘एनपीएल सिजन, डिल्स इन मोसन’ योजना

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को आधिकारिक ‘ड्रिभन बाई’ सह–प्रायोजक रहेको ओमोडा एन्ड जेइको नेपालले ‘एनपीएल सिजन, डिल्स इन मोसन’ योजनाको घोषणा गरेको छ ।

नेपाल प्रिमियर लिगको पहिलो संस्करणको उपलक्ष्यमा यो योजनाले ओमोडा एन्ड जेइकोको अत्याधुनिक गाडी खरिद गर्ने ग्राहकहरूको लागि उत्साहजनक छुट तथा अफरहरू ल्याएको बताइएको छ ।

सो योजना अन्तर्गत ओमोडा ई–फाइभ वा जेइको जे–सिक्स बुकिङ गर्ने ग्राहकहरूले नगद छुट, एक्सचेन्ज बोनस, ७ किलोवाटको चार्जर, अटो प्लस कम्प्रिहेन्सिभ बीमा र आर्थिक वर्ष २०८१/८२ का लागि निःशुल्क सडक कर आदि सुविधाहरू प्राप्त गर्नेछन् ।

ओमोडा ई–फाइभ ४३० किलोमिटरको डब्लुएलटीपी रेन्ज भएको पूर्ण विद्युतीय एसयूभी हो जुन अत्याधुनिक डिजाइन, प्रविधि र सुविधाहरूको लागि उत्कृष्ट गाडीको रूपमा स्थापित छ । त्यसैगरी जेइको जे–सिक्स ४०० किलोमिटरको डब्लुएलटीपी रेन्ज भएको पूर्ण विद्युतीय ‘फोर बाई फोर’ अफ–रोडर एसयूभी हो जुन आकर्षक डिजाइन र कम्प्याक्ट अल–आल्मुनियम बडीको लागि परिचित छ ।

यस योजना अवधिभर ग्राहकहरूले यी मोडलका गाडीहरू उत्कृष्ट मूल्य तथा सहज फाइनान्सिङ सुविधासहित खरिद गर्न सक्नेछन् । पुस ६ गतेसम्म मान्य हुने सो योजनाका सुविधाहरूमा केही नियम तथा सर्तहरू पनि लागू हुने कम्पनीको भनाइ छ ।

एनपीएलमा अझ ऊर्जा थप्नको लागि ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सको अभिभावक कम्पनी शारडा ग्रुपले एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली क्रिकेटरलाई ओमोडा ई–फाइभको डिलक्स भेरिएन्टसहित पुरस्कृत गर्ने घोषणा गरिसकेको छ । ओमोडा ई–फाइभ डिलक्सको बजार मूल्य ५५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगको ‘ड्रिभन बाई’ सह–प्रायोजकका रूपमा ओमोडा एन्ड जेइकोले, हरेक खेलमा नेपाली क्रिकेट, खेलाडी र दर्शकको समर्थन गर्दै सक्रिय उपस्थिति जनाइरहेको बताएको छ ।

एसपीजी अटोमोबाइल्सले नयाँ गाडी खरिद गर्न चाहने तथा विद्युतीय गाडीमा रूचि राख्ने सम्पूर्णलाई एनपीएल सिजन अवधिभर ओमोडा एन्ड जेइकोको आधिकारिक सोरुम भिजिट गरी सो योजनाको फाइदा उठाउन आह्वान तथा आमन्त्रण समेत गरेको छ ।

सम्बन्धित समाचारहरू

फिलिपिन्स पुग्यो सेरेस ईभी

फिलिपिन्स पुग्यो सेरेस ईभी

फिलिपिन्समा इलेक्ट्रिक भेइकलको नयाँ ब्रान्ड सेरेस पहिलो पटक प्रवेश गरेको...

ड्राइभरले मिररमा हेरेकै भरमा लेन चेन्ज हुनेछ बीएमडब्ल्यु ५–सिरिज सेडानमा

ड्राइभरले मिररमा हेरेकै भरमा लेन चेन्ज हुनेछ बीएमडब्ल्यु ५–सिरिज सेडानमा

लक्जरी कार निर्माता कम्पनी बीएमडब्ल्युले बजारमा उपलब्ध गराउने...

वागनआर अब इलेक्ट्रिक भर्सनमा, २०० किमी रेन्ज, १ घण्टामै ८० प्रतिशत चार्ज

वागनआर अब इलेक्ट्रिक भर्सनमा, २०० किमी रेन्ज, १ घण्टामै ८० प्रतिशत चार्ज

मारुती सुजुकीले आफ्नो सबैभन्दा धेरै बिक्री हुने कार वागनआरलाई इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...