आईएमई मोटर्स एनपीएलको ब्याकअप पावर पार्टनर र ट्राभल पार्टनर, ब्याकअप र यातायात सुविधा उपलब्ध गराउने

काठमाडौं – आईएमई मोटर्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को पावर पार्टनर र ट्राभल पार्टनरको रुपमा कार्य गर्ने भएको छ । यस अनुसार आगामी नोभेम्बर १७ देखि डिसेम्बर ७ सम्म हुने एनपीएलमा आईएमई मोटर्स अन्तर्गतका लेपावर र अशोक लेल्यान्ड ब्रान्डले इलेक्ट्रिसिटी पावर ब्याकअप र यातायात सुविधा उपलब्ध गराउने छन् ।

पावर पार्टनरको रुपमा लेपावरले सम्पूर्ण इलेक्ट्रिकल ब्याकअप उपलब्ध गराउने छ । यसका लागि आवश्यक सेटअप, अपरेसन र लगातार रुपमा अनुगमन गर्नका लागि प्राविधिक जनशक्ति समेत उपलब्ध गराउने छ ।

त्यसैगरी ट्राभल पार्टनरको रुपमा अशोक लेल्यान्डले बस लगायतका सवारी साधन उपलब्ध गराउने छ । इभेन्टसँग सम्बन्धित खेलाडीहरु ओसारपसार कार्यमा यी सवारी साधनको प्रयोग हुनेछ । यसका लागि अनुभवी ड्राइभर समेत कम्पनीले उपलब्ध गराउने छ ।

यस सम्बन्धी सम्झौता पत्रमा नेपाल क्रिकेट संघको तर्फबाट सचिव पारस खड्का र आईएमई मोटर्सको तर्फबाट डीजीएम सुशिल सुवेदीले हस्ताक्षर गरेका छन् ।

यस अनुसार ‘ट्राभल पार्टनर – अशोक लेल्यान्ड’ र ‘ब्याकअप पार्टनर – लेपावर’ को रुपमा पहिचान गरिने छ । त्यसैगरी खेलको बिचमा हुने स्ट्राटेजिक टाइमआउट ब्रेकलाई पनि ‘अशोक लेल्यान्ड स्ट्राटेजिक टाइमआउट ब्रेक’ भनिने छ ।

आईएमई मोटर्सले उच्चतम प्रदर्शन र इन्धन किफायतीपना उपलब्ध गराउने गरी डिजाइन गरिएको हिनो इन्जिनद्वारा सञ्चालित लेपावर जेनसेट नेपाली बजारमा उपलब्ध गराउदै आएको छ । यसले नेपालको सहरी, औद्योगिक र व्यावसायिक क्षेत्रको पावर सोलुसनमा महत्त्वपूर्ण योगदान दिने गरेको कम्पनीको भनाइ छ ।

त्यसैगरी अशोक लेल्यान्डका पिअकप देखि लाइट कमर्सियल भेइकल, हेभी ड्युटी ट्रक, विभिन्न मोडलका ट्रिपर, प्यासेन्जर र स्कुल बस लगायतका विभिन्न सवारी साधन उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

अशोक लेल्याण्डको वस र  ट्रिपर खरिद गर्दा इलेक्ट्रिक स्कुटर, सुन र यूरोप टुरमध्ये एक छानेर लिन पाइने

अशोक लेल्याण्डको वस र ट्रिपर खरिद गर्दा इलेक्ट्रिक स्कुटर, सुन र यूरोप टुरमध्ये एक छानेर लिन पाइने

अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्सले ‘चाडपर्व...

नेपाली लुब्रिकेन्ट बजारमा असाधारण प्रर्दशन गरे वापत आईएमई मोटर्स मोटुल इन्डिया एलिट क्लबमा

नेपाली लुब्रिकेन्ट बजारमा असाधारण प्रर्दशन गरे वापत आईएमई मोटर्स मोटुल इन्डिया एलिट क्लबमा

काठमाडौं – नेपालका लागि मोटुल लुब्रिकेन्टको आधिकारिक वितरक आईएमई...

आईएमई ग्रुप अटोमोटिभ डिभिजनको सीईओमा अब हेमन्त पुरानिक

आईएमई ग्रुप अटोमोटिभ डिभिजनको सीईओमा अब हेमन्त पुरानिक

काठमाडौं – आईएमई ग्रुप, अटोमोटिभ डिभिजनको सीईओमा हेमन्त पुरानिक नियुक्त...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...