उपत्यकाका विभिन्न ३६ स्थानमा बहुतले पार्किङ बनाइने, नगर विकास कोषले निकाल्यो सूचना

काठमाडौं – नगर विकास कोषले उपत्यकाका विभिन्न ३६ स्थानमा बहुतले मेकानिकल पार्किङ निर्माण गर्ने भएको छ । यसका लागि कोषले लगानी प्रस्ताव आह्वान गरेको छ।

कोषले एक एक राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गर्दै कम्तीमा ८ आनाभन्दा बढी क्षेत्रफल भएका जग्गामा आयोजना निर्माण तथा संचालन गर्न इच्छुक स्थानीय तह, सरकारी तथा गैर सरकारी संस्थाले प्रस्ताव पेश गर्न सक्ने उल्लेख गरेको छ।

कोषले जारी गरेको सूचनाअनुसार काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कंलकी, कुलेश्वर, बल्खु, नयाँ सडक, ठमेल, नयाँ बजार, पुतलीसडक, दरबारमार्ग, अनामनगर, बबरमहल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशला, चाबहिल, मित्रपार्क सम्भाव्य स्थान रहेका छन्।

त्यस्तै लैनचौर, लाजिम्पाट, महाराजगंज, बालुवाटार, विशालनगर, भाटभटेनी, ज्ञानेश्वर, नक्साल, गैरीधारा, हाडिगाँउ, मीनभवन, कोटेश्वर, पुल्चोक, जावलाखेल, सातदोबाटो, कुपन्डोल लगायतका मुख्य व्यावसायिक सडक छेउ वा दोहोरो प्रवेशमार्ग भएको भित्री जग्गाहरूमा यो पार्किङ निर्माण गर्न मिल्ने जनाएको छ।

त्यसका लागि इच्छुकले लिखित कागजातहरूसहित सूचना प्रकाशित मितिले १५ दिनभित्र प्रस्ताव पेश गर्नु पर्नेछ। प्राप्त भएको प्रस्तावहरू कोषको नियमअनुसार छनोट गरी आवश्यक कार्य अगाडि बढाउने जनाएको छ।

सम्बन्धित समाचारहरू

अक्सिजन प्लान्ट स्थापनाका लागि बतास फाउन्डेसनको अग्रसरता, सबैलाई यसका लागि आग्रह

अक्सिजन प्लान्ट स्थापनाका लागि बतास फाउन्डेसनको अग्रसरता, सबैलाई यसका लागि आग्रह

काठमाडौँ – पोखरा क्षेत्रीय अस्पतालको आवश्यकता धान्ने अक्सिजन प्लान्ट...

पार्किङ गर्दा ९० प्रतिशतले राख्छन् बाइकलाई साइड स्ट्यान्डमा, तर धेरैलाई थाहा छैन यी असर

पार्किङ गर्दा ९० प्रतिशतले राख्छन् बाइकलाई साइड स्ट्यान्डमा, तर धेरैलाई थाहा छैन यी असर

बाइक बढी मत्रामा प्रयोग हुने सवारी साधन हो । बाइकबाट कुनै पनि गन्तव्यमा...

अटोमोबाइल क्षेत्रका श्रमिकले तीनदिने स्वास्थ्य सुरक्षा तालिम लिए

अटोमोबाइल क्षेत्रका श्रमिकले तीनदिने स्वास्थ्य सुरक्षा तालिम लिए

बुटवल – बुटवल अटो भिलेजका अटोमोबाइल क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...