बाइक रोक्दा पहिले कुन ब्रेक थिच्ने ? फ्रन्ट वा रियर ?
मोटरसाइकलमा दुई ब्रेक हुन्छन् । यो मोटरसाइकलको एक अनौठो विशेषता हो ।...
काठमाडौं – नेपालको निर्जीवन बिमा व्यवसायमा सबैभन्दा बढी हिस्सा मोटर बिमाको रहेको छ । यस अनुसार यो व्यवसायमा कुल व्यापारको ३०.५० प्रतिशत मोटर बिमाको हिस्सा देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म आइपुग्दा मोटर बिमा मार्फत कम्पनीहरुले ३ अर्ब ३५ करोड ६ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले कुल ३ लाख ५१ हजार ९५४ वटा मोटर बिमालेख बिक्री गरेका छन् ।
यस पछि दोस्रो सूचीमा सम्पत्ति बिमाको योगदान रहेको छ । सम्पत्ति बिमाको क्षेत्रमा कुल योगदान २८.०५ प्रतिशत छ । समीक्षा अवधिमा कम्पनीहरुले १ लाख २८ हजार ३३ वटा सम्पत्ति बिमालेख बिक्री गरी कुल ३ अर्ब २४ करोड ६२ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।
नेपालमा सम्पत्ति र मोटर बिमालाई कानुनी रुपमै अनिवार्य गरिएको छ । सरकारले मोटर बिमा र सम्पत्ति बिमालाई अनिवार्य गरेकाले नै यी बिमा व्यवसाय बढ्दो देखिएको हो । यता, बैंकबाट कर्जा लिँदा पनि सम्पत्तिको बिमा अनिवार्य गरिएको छ । यसले पनि कम्पनीहरु मोटर र सम्पत्ति बिमामै बढी केन्द्रित देखिन्छन् ।
निर्जीवन बिमा व्यवसाय सम्पत्ति र मोटर बिमामा निर्भर देखिएका छन् । व्यवसायमा यी दुई बिमाले आधा भन्दा बढी हिस्सा ओगटेका छन् ।
नेपाल बिमा प्राधिकरणका अनुसार ५८.६५ प्रतिशत मोटर र सम्पत्ति बिमाको योगदान छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बिमा कम्पनीहरुले ११ अर्ब ५७ करोड ३६ लाख २२ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । यसमा मोटर र सम्पत्ति बिमा मार्फत नै ६ अर्ब ७७ करोड बढी बिमा शुल्क संकलन भएको छ ।
कम्पनीहरुको व्यवसायमा बागमती प्रदेशमै केन्द्रित देखिन्छ । कुल व्यवसायको ६७.९४ प्रतिशत हिस्सा बागमती प्रदेशमा समिति देखिएको छ । चालु आवको तीनमा कम्पनीहरुले सो प्रदेश मार्फत ७ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।
कुल व्यवसायमा लुम्बिनी प्रदेशको योगदान ८.६१ प्रतिशत, कोशीको ८.२९ प्रतिशत, मधेशको ६.५३ र गण्डकीको ५.४५ प्रतिशत रहेको छ । समिक्षा अवधिमा यी प्रदेशहरुबाट निर्जीवन बिमा कम्पनीहरुले कुल क्रमशः ९९ करोड ६६ लाख, ९५ करोड ९९ लाख, ७५ करोड ६५ लाख र ६३ करोड १८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।
यता, सुदुरपश्चिमबाट २६ करोड ९५ लाख र कर्णाली प्रदेशबाट ९ करोड ५८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । सुदुर र कर्णालीको हिस्सा भने २.३२ पतिशत र ०.८३ प्रतिशत रहेको छ ।
मोटरसाइकलमा दुई ब्रेक हुन्छन् । यो मोटरसाइकलको एक अनौठो विशेषता हो ।...
विश्वका ४६ देशहरूमा संचालित ग्लोबल मोबिलिटी र शहरी सेवा प्लेटफर्म...
नयाँ कार किनेर उत्साहित हुनुहुन्छ । त्यसो भए नयाँ कार डेलिभरी लिँदा केही...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...