यसरी भयो यी लक्जरी कार निर्माता कम्पनीको नामाकरण

करोडौं मूल्य र नयाँ प्रविधिका गाडीहरूको बारेमा सुन्नुभएकै होला । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ यी लक्जरी कार निर्माण गर्ने कम्पनीको नाम कसरी भयो ? आउनुहोस् यी लक्जरी कार निर्माण गर्ने कम्पनीहरूको नाम कसरी रहन गयो भन्ने बारेमा चर्चा गरौं ।

अमेरिकी लक्जरी कार निर्माता कम्पनी एस्टन मार्टिनको नाम वास्तवमा व्यक्तिको नामबाट राखिएको हो । वास्तवमा एस्टन र मार्टिन दुई व्यक्तिको नाम हो । सन् १९१४ मा लियोनेल मार्टिन र एस्टन हिलले एस्टन मार्टिन कम्पनीको स्थापना गरेका थिए । उनीहरुले आफ्नो नामबाट कम्पनीको नाम राखेका थिए ।

गति, लुक र लक्जरीको लागि परिचित कार फरारीको नाम एक रेस कार चालक द्वारा स्थापित गरिएको हो । प्रसिद्ध एफ१ रेसर एनजो फरारीले कार कम्पनी स्थापना गर्न १९३९ मा रेसिङ छोडेर आफ्नै नाममा फरारी कम्पनी स्थापना गरेका थिए ।

रोल्स रोयस वास्तवमा दुई व्यक्तिको संयुक्त नाम हो । यो नाम पनि यस कम्पनीका संस्थापक हेनरी रोयस र चार्ल्स रोल्सको नाममा राखिएको हो ।

जर्मन कम्पनी बीएमडब्ल्युले पहिला प्लेन निर्माण र मर्मत गर्ने गर्दथ्यो । त्यतिबेला सो कम्पनीको नाम बीएडब्ल्यु थियो । पछि यो कम्पनीले कार निर्माण गर्न थाल्यो र यसको नाम परिवर्तन गरी बीएमडब्ल्यु अर्थात् बवेरियन मोटर वर्कस राखियो ।

ड्याट्सन कम्पनीको नाम पहिले ड्याट्सन नभएर ड्याट थियो । यो कार कम्पनी केन्जिरो डेन, रोकोरु ओयामा र मेइतारो ताकेची नामक ३ जनाले सुरु गरेका थिए । यी तीनै जनाबाट कम्पनीको नाम ड्याट राखिएको थियो । पछि यो कम्पनी निसानले किन्यो र निसान नामलाई पनि जोडी ड्याटसन राखियो ।

अमेरिकी कम्पनी फोर्डको नाम यस कम्पनीका संस्थापक हेनरी फोर्डको नाममा राखिएको हो । कम्पनीले त्यसपछि केही काम गरेको छैन ।

सम्बन्धित समाचारहरू

१ वर्षमै १४९९ निसान म्याग्नाइट नेपाली सडकमा, किन्न चाहनेले पाउन अझै केही महिना कुर्नुपर्ने

१ वर्षमै १४९९ निसान म्याग्नाइट नेपाली सडकमा, किन्न चाहनेले पाउन अझै केही महिना कुर्नुपर्ने

गत वर्षको फेब्रुअरी २२ अर्थात फागुन १० गते नेपाली बजारमा सार्वजनिक गरिएको...

निशान म्याग्नाईटमा थपियो नयाँ एडिसन

निशान म्याग्नाईटमा थपियो नयाँ एडिसन

निशानले आफ्नो लोकप्रिय एसयुभी म्याग्नाइटमा नयाँ एडिसन थप गरेको छ । सो नयाँ...

सेडानका लागी चुनौती बनेको ह्याचब्याक संकटमा, अब लोकप्रिय बन्दै माइक्रो एसयूभी

सेडानका लागी चुनौती बनेको ह्याचब्याक संकटमा, अब लोकप्रिय बन्दै माइक्रो एसयूभी

कुनै समय नेपाली सडकमा सेडान कारको उपस्थिति निकै नै बाक्लो देखिन्थ्यो ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...