राइडरहरूलाई इलेक्ट्रिक स्कुटर वितरण, विशेष फ्रि अफर समेत
ललितपुर – नेपालमै पहिलो पटक सुरु गरिएको ऐतिहासिक स्वरोजगार...
काठमाडौं – नेपालमा पेट्रोलियम पदार्थको कारोबार गरिरहेको नेपाल आयल निगमले ३ वटा विद्युतीय कार किनेको छ । निगमले बीवाईडी ई६ इलेक्ट्रिक कार खरिद गरेको हो ।
निगमले केही समय पहिले ३ वटा विद्युतीय कार उपलब्ध गराउनका लागि बोलपत्र आह्वान गरेको थियो । सो अनुसार सबैभन्दा कम मूल्य कबोल गरिएको बीवाईडीको कार खरिद गरिएको बताइएको छ ।
नेपालमा बीवाईडीका कार बिक्री–वितरण गरिरहेको साइमेक्स इंकले ती कार निगमलाई हस्तान्तरण गरेको छ ।
निगमले महँगो पेट्रोलियम पदार्थको खपत घटाउने लक्ष्यसहित विद्युतीय सवारी किनेको हो । निगमले महँगो मूल्यमा खरिद गरेर ल्याएको पेट्रोलियम पदार्थको खपत घटाउने योजना चालू आर्थिक वर्षको बजेटमै समेटिएको छ ।
बीवाईडीको सो इलेक्ट्रिक कारको मूल्य ५९ लाख रुपैयाँ छ ।
यो नेपाली बजारमा उपलब्ध सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार भएको कम्पनीको दावी छ, जसले सिंगल चार्जमा ५२२ किलोमिटर रेन्ज दिन्छ ।
यो गाडीमा ७१.७ किलोवाट आवरको ब्लेड ब्याट्री प्रयोग गरिएको छ भने ७० किलोवाटको मोटर छ । नयाँ डिजाइन, नयाँ इन्टेरियर, नयाँ इन्फोटेनेमन्ट सिस्टम, नयाँ ब्लेड ब्याट्री र प्रशस्तै बुट स्पेस यो कारका प्रमुख विशेषता हुन् ।
ललितपुर – नेपालमै पहिलो पटक सुरु गरिएको ऐतिहासिक स्वरोजगार...
एमजी मोटर्सले भारतीय बजारका लागि सस्तो इलेक्ट्रिक कार ई२३० सार्वजनिक...
औडी ई–ट्रोन जीटी क्वाट्रोले २०२२ वल्र्ड कार अवार्डमा वल्र्ड परफर्मेन्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...