पेट्रोलियम पदार्थ बेच्ने आयल निगमले नै किन्यो विद्युतीय कार

काठमाडौं – नेपालमा पेट्रोलियम पदार्थको कारोबार गरिरहेको नेपाल आयल निगमले ३ वटा विद्युतीय कार किनेको छ । निगमले बीवाईडी ई६ इलेक्ट्रिक कार खरिद गरेको हो ।

निगमले केही समय पहिले ३ वटा विद्युतीय कार उपलब्ध गराउनका लागि बोलपत्र आह्वान गरेको थियो । सो अनुसार सबैभन्दा कम मूल्य कबोल गरिएको बीवाईडीको कार खरिद गरिएको बताइएको छ ।

नेपालमा बीवाईडीका कार बिक्री–वितरण गरिरहेको साइमेक्स इंकले ती कार निगमलाई हस्तान्तरण गरेको छ ।

निगमले महँगो पेट्रोलियम पदार्थको खपत घटाउने लक्ष्यसहित विद्युतीय सवारी किनेको हो । निगमले महँगो मूल्यमा खरिद गरेर ल्याएको पेट्रोलियम पदार्थको खपत घटाउने योजना चालू आर्थिक वर्षको बजेटमै समेटिएको छ ।

बीवाईडीको सो इलेक्ट्रिक कारको मूल्य ५९ लाख रुपैयाँ छ ।

यो नेपाली बजारमा उपलब्ध सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार भएको कम्पनीको दावी छ, जसले सिंगल चार्जमा ५२२ किलोमिटर रेन्ज दिन्छ ।

यो गाडीमा ७१.७ किलोवाट आवरको ब्लेड ब्याट्री प्रयोग गरिएको छ भने ७० किलोवाटको मोटर छ । नयाँ डिजाइन, नयाँ इन्टेरियर, नयाँ इन्फोटेनेमन्ट सिस्टम, नयाँ ब्लेड ब्याट्री र प्रशस्तै बुट स्पेस यो कारका प्रमुख विशेषता हुन् ।

सम्बन्धित समाचारहरू

ओमोडा ई५ ईभीको प्राविधिक विवरण सार्बजनिक, यस्तो हुनेछ नेपाल आउने नयाँ कार

ओमोडा ई५ ईभीको प्राविधिक विवरण सार्बजनिक, यस्तो हुनेछ नेपाल आउने नयाँ कार

काठमाडौं– ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप...

यो हो आश्चर्यचकित पार्ने विश्वको सबैभन्दा तीव्र गतिको इलेक्ट्रिक कार

यो हो आश्चर्यचकित पार्ने विश्वको सबैभन्दा तीव्र गतिको इलेक्ट्रिक कार

क्रोएसियामा बनेको रिमाक नेभेरा इलेक्ट्रिक कारले सबैभन्दा तीव्र गतिको...

नयाँ इलेक्ट्रिक कार ल्याउँदै रेनो, अर्को वर्ष सार्वजनिक हुने

नयाँ इलेक्ट्रिक कार ल्याउँदै रेनो, अर्को वर्ष सार्वजनिक हुने

फ्रेन्च अटो निर्माता रेनोले निकट भविष्यमा ल्याउने तयारी गरिरहको नयाँ इभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...