टाटा एक्सप्रेस–टी इलेक्ट्रिक ट्याक्सी किन्न नविल बैंकले ८० प्रतिशत ऋण दिने
काठमाडौं – टाटाको विद्युतीय ट्याक्सी एक्सप्रेस–टी किन्न नबिल बैंकले ८०...
पछिल्लो समय नेपालमा फयुचरिस्टिक ईभी आउने क्रम तीव्र गतिमा बढी रहेको छ । अहिले ईभी बजारमा बीवाईडी अटो३ र ओमोडाको ई५ को चर्चा भइरहेको छ । नेटाले पनि नयाँ उत्पादन एक्सलाई सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
तर करिब एक महिनाअघि सार्वजनिक भएको दिपल एस०७ ले अटोबजारमा नै बेजोड तरंग ल्याइदिएको छ जसले मानिसहरुको ध्यान मात्र तानिरहेको छैन टेस्ला लगायत चर्चित ईभी ब्रान्डलाई समेत चुनौती दिन थालिसकेको छ । वास्तवमा दिपल ०७ एउटा नयाँ ईभी मात्र होइन, इलेक्ट्रिक मोबिलिटीको भविष्यको बलियो अभिव्यक्ति पनि भएको मान्न सकिन्छ ।
केही वर्षअघि विश्व ईभी बजारमा झैं चिनियाँ बजारमा पनि टेस्लाको दबदबा थियो । घरेलु बजारमा अमेरिकी ब्रान्डको प्रभावलाई चुनौती दिन तीन चिनियाँ ब्रान्ड एक भए र एउटा इन्टेलिजेन्ट कार बनाए, दिपल एस०७ । हो, दुई वर्षअघि एकसय ६० वर्ष लामो अनुभव भएको अटोमेकर चांगान, इलेक्ट्रिक ब्याट्री निर्माता कम्पनी सीएटीएल र स्मार्टफोन निर्माता कम्पनी हुवावे मिलेर ‘म्याग्ना स्टाइल’को ‘मेका अर्गानिज्म’ अर्थात ‘कार, कम्प्युटर र अन्य उपकरणबाट बनेको विशेष प्रकारको रोबोट’ बनाएका थिए, जुन नेपालमा हालै सार्वजनिक भएर बजारमा उछाल मच्चाइरहेको छ ।
नेपालमा ईभीको पेनेट्रेसन बढेर ८० प्रतिशत पुगेको समयमा दिपल एस०७ भित्रिएको छ जुन पर्फमेन्स, फिचर र प्राइस सबै हिसावले उत्तम छ । गज्जबको पर्फमेन्स र फिचरका कारण यसलाई टेस्लासँग तुलना भइरहेको छ तर यो टेस्लाभन्दा आधा मूल्यमा पाइन्छ । दिपल एस०७ मा रियर ह्विल ड्राइभ छ जुन यो प्राइस प्वाइन्टमा अरु कुनै ईभीसँग छैन । रियर ह्विल ड्राइभले ईभीमा बराबर वजन विभाजन गरिदिन्छ जसले गर्दा ट्रयाक्सन र ह्यान्डलिङ राम्रो हुन्छ र गाडीको स्टेबिलिटी पनि बढाउँछ ।
नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले धमाधम बुकिङ र डेलिभरी दिइरहेको बताएको छ । अत्याधुनिक प्रविधि, सुरक्षा फिचर र किफायती मूल्यको कारण दिपलको लोकप्रियता नेपालमा एक्कासी बढेको हो ।
प्रविधिका हिसाबमा पनि दिपलको तुलना टेस्लासँग हुन्छ । कम्पनीले दिपलमा प्रयोग भएको टेक्नोलोजी र प्यासेन्जर एक्सपेरियन्समा धेरै मेहनत गरेको छ । एस०७ मा १५.६ इन्चको सनफ्लावर टचस्क्रिन प्रयोग भएको छ जुन टेस्लाको मोडल वाईभन्दा इनोभेटिभ छ । सुरक्षाका लागि यसमा एडास २.५ प्रयोग भएको छ जसले इमर्जेन्जी ब्रेकिङ, पेडेस्ट्रियन डिटेक्सन र ब्लाइन्ड स्पट मनिटरिङ जस्ता धेरै फिचर छन् जसका लागि टेस्लाले प्रिमियम चार्ज लगाउँछ । साथै यसमा फ्याटिग रिमाइन्डर, ३६० क्यामेरा विथ ट्रान्सपेरेन्ट च्यासिस, ड्राइभ भिडियो रेकर्डर, डिट्रयाक्सन वार्निङ, डोर ओपन वार्निङ लगायत धेरै सुरक्षाको व्यवस्था गरिएको छ ।
दिपलले लक्जरीमा नयाँ मापदण्ड स्थापित गरेको छ । यसमा वेलकमिङ सिट छ जसले प्यासेन्जर गाडीभित्र पस्ने बेला वेलकम गर्छ । यो फिचर पनि पहिलो पटक नेपालमा आएको हो । जेस्चर कन्ट्रोलको माध्यमबाट हातको संकेतका माध्यमबाट गाडीलाई अर्डर दिन सकिन्छ । त्यसैगरी, हेडरेस्ट र आउटडोर स्पिकरसहितको १४ वटा स्पिकर छन् । टेस्लामा पनि आउटडोर र हेडरेस्ट स्पिकर पाइन्छ । साथै, थ्रीडी नेभिगेसन भएको एआर एचयुडी समेत यसमा रहेको छ जुन अरु कुनै ईभीमा छैन । यसका अलावा यसमा फ्रेमलेस डोर र फ्लस ह्यान्डल छन् जसले गाडीको आकर्षणलाई बढाएको मात्र छैन पर्फमेन्सलाई पनि बढाएको छ ।
दिपल एस०७ मा इन्टेलिजेन्ट सिनेरियो मोड र चार ड्राइभ मोड छन् जुन टेस्लाले मात्र उपलब्ध गराउँछ । साथै, २० इन्चको ठूलो टायर छ ।
एस०७ टेस्ला मोडल वाईभन्दा थोरै अग्लो र चौडा छ । यो मोडल वाईभन्दा फरक किन पनि छ भने दिपल एस०७ भविष्यमा ईआरईभी र हाईड्रोजन पावर्ड भेरिएन्टमा पनि उपलब्ध हुनेछ जसको तयारी टेस्लाले अहिलेसम्म गरिसकेको छैन । कम्फर्टका लागि यसमा कस्टमाइज गर्न मिल्ने एम्बियन्ट लाइटिङ, पानोरामिक सनरुफ र न्वाइज क्यान्सल गर्ने प्रविधि छ जसले शान्त क्याबिन बनाउँछ ।
नेपालमा दिपल एस०७को इनिसियल रेस्पोन्ज एकदम राम्रो रहेको कम्पनीको दावी छ । नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले धमाधम बुकिङ र डेलिभरी दिइरहेको बताएको छ । अत्याधुनिक प्रविधि, सुरक्षा फिचर र किफायती मूल्यको कारण दिपलको लोकप्रियता नेपालमा एक्कासी बढेको हो ।
दिपल एस०७ ले टेस्ला लगायत अन्य ठूला ईभी ब्रान्डलाई मात्र चुनौती दिएको छैन, एउटा ईभी कस्तोसम्म हुनसक्छ भन्ने संवाद सुरु गराएको छ । यसले विद्युतीय सवारी भनेको वातावरणीय जिम्मेवारीका लागि मात्र नभई टेक्नोलोजी र लक्जरीलाई पनि समाहित गर्न सक्ने भविष्यलाई पनि देखाएको छ ।
काठमाडौं – टाटाको विद्युतीय ट्याक्सी एक्सप्रेस–टी किन्न नबिल बैंकले ८०...
काठमाडौं – पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प...
लामो समयदेखि थन्केर बसेका विद्युतीय सवारीसाधन सञ्चालनका लागि चौतर्फी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...