लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
नेपाली बजारमा महिन्द्रा गाडीको अभाव देखिएको छ । सेमी कन्डक्टर अभावका कारण भारतमा उत्पादन कटौती गरेको महिन्द्राले माग बमोजिम अपूर्ती गर्न नसकेका कारण नेपालमा समेत असर देखिएको हो । आयतकर्ता कम्पनी अग्नी इन्कर्पोरेटेड स्रोतका अनुसार अहिले कम्पनीसंग स्कर्पियो, एक्सयूभी ३०० र एक्सयुभी ५०० को कुनैपनि युनिट स्टकमा उपलब्ध छैन । यद्यपी महिन्द्राका पिकअपहरु भने सहज अबस्थामै रहेकोे उक्त स्रोतले बताएको छ ।
सवारीसानको माग उच्च हुने सिजनमै अभाव झेल्नुपरेपछि अहिले कम्पनीले नयाँ लट आएपछिमात्र डेलिभरी दिन सक्ने भन्दै बुकिङ लिइरहेको छ । नेपाली बजारमा महिन्द्राका स्कर्पियो, एक्सयुभी ३०० र एक्सयुभी ५०० सबैभन्दा बढी रुचाइएका मोडल हुन् । अझ दशैं/तिहारमा लामो यात्रा गर्न चाहनेहरुले बढीमात्रामा स्कर्पियो खोज्ने हुँदा यो गाडीको माग उच्च हुनेगर्छ ।
भारतीय बजारमा नयाँ थार लन्च भएको लामो समय बितिसक्दा समेत कम्पनीले यो गाडीलाई नेपाल भित्राउन सकिरहेको छैन । भारतमै माग उच्च रहेको र माग बमोजिम उत्पादन हुन नसकेका कारण यो एसयुभी नेपाल भित्रिने समय अझै लम्विन सक्ने देखिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...