होन्डाको पहिलो शक्तिशाली इलेक्ट्रिक बाइक डब्ल्युएन७ सार्वजनिक
होन्डाले इटालीको मिलानमा आयोजित ईसीआईएमए २०२५ मोटर शोमा आफ्नो पहिलो...
काठमाडौं – अब दर्ता नगरी बाटोमा गुडाइएका विद्युतीय सवारीसाधनहरुलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गर्ने भएको छ।
ट्राफिक प्रहरीले आगामी मंसिर १५ गतेदेखि विद्युतीय स्कुटर तथा मोटरसाइकलले दर्ता गरेर मात्र सडकमा कुदाउन पाइने बताएको छ।
ट्राफिक प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले विद्युतीय स्कुटर, मोटरसाइकललगायतका सवारीसाधनहरू समेत अनिवार्य रूपमा दर्ता हुनुपर्ने प्रावधान रहेको बताए।
विद्युतीय स्कुटर, मोटरसाइकललगायतका सवारीसाधनहरू समेत अनिवार्यरूपमा दर्ता हुनुपर्ने प्रावधान रहे पनि धेरैजसो दर्ताबिना नै सञ्चालनमा ल्याएको पाइएको र त्यस्ता सवारीसाधन बिनादर्ता सञ्चालनमा ल्याए कारबाही गरिने उनले बताए ।
यसका साथै तीव्र गतिमा सवारीसाधन चलाउनेलाई समेत मंसिर १५ गतेबाट ट्राफिक नियमअनुसार कारबाही गर्नुका साथै एक घण्टाको ट्राफिक सचेतना कक्षा लिनुपर्ने नियम समेत लागू हुने उनको भनाइ छ ।
काठमाडौँ उपत्यकाको हकमा प्रतिघण्टा ४० किलोमिटरभन्दा बढीको गतिमा सवारीसाधन चलाउनेलाई तीव्र गति मानिनेछ ।
होन्डाले इटालीको मिलानमा आयोजित ईसीआईएमए २०२५ मोटर शोमा आफ्नो पहिलो...
मर्सिडिज बेन्ज इन्डियाले भारतमा आफ्नो पहिलो ब्याट्री–इलेक्ट्रिक भेइकल...
इलेक्ट्रिक कारको चर्चा चुलिदो छ । वातावरणमैत्री सवारी साधनको रुपमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...