विभागले लाइसेन्सका लागि ल्याएको ६ लाख स्मार्ट कार्डमा प्रिन्ट नै नहुने समस्या, अब के होला ?

काठमाडौं – यातायात व्यवस्था विभागले केही दिन पहिले नेपालमा आइपुगेको भनिएको ६ लाख थान स्मार्ट कार्डमा प्रिन्ट नै नहुने समस्या देखिएको छ ।

स्मार्ट कार्ड छाप्न गत फागुनमा सरकार र जर्मनी कम्पनी मुहेल्बर आइडी सेवा जिएमबिएचसँग सम्झौता भएको थियो। कम्पनीले १४ लाख ९८ हजार ८० डलरमा १२ लाख कार्ड छाप्ने ठेक्का पाएको हो।

पहिलो चरणमा कम्पनीले ६ लाख कार्ड हवाई कार्गो गरेर पठाएको हो। बाँकी ६ लाख दोस्रो चरणमा ४५ दिनपछि नेपाल आइपुग्ने विभागले बताएको थियो ।

तर यी कार्डमा लाइसेन्स छाप्न नमिले पछि विभागले परीक्षणका लागि भारत पठाएकोमा पहिले भनिएको भन्दा फरक स्पेसिफिकेसन भएकाले छाप्न नमिलेको पाइएको छ । पहिले परीक्षणका लागि उपलब्ध कार्डमा भने छाप्न मिल्ने व्यवस्था थियो ।

भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले भने सो कार्डमा छाप्नका लागि आवश्यक पर्सनलाइज्ड कार्य गर्न र छाप्न ४० हजार डलर अर्थात करिव ५४ लाख रुपैयाँ लाग्ने जनाएको छ ।

यो अवस्थामा यातायात व्यवस्था विभागले जर्मन कम्पनीलाई यस वारेमा जानकारी दिइसकेको छ । तर उत्तर आएको छैन ।

कार्डका लागि आवश्यक भुक्तानी उपलब्ध गराउने भने बाँकी नै छ । यो अवस्थामा आगामी दिनमा मन्त्रालयसँग समेत थप समन्वय गरेर अगाडि बढ्ने विभागको भनाइ छ ।

सम्बन्धित समाचारहरू

सवारी चालक अनुमतिपत्रको राजस्व अब अनलाइनबाटै तिर्न मिल्ने, गण्डकी प्रदेशबाट भयो सुरुवात

सवारी चालक अनुमतिपत्रको राजस्व अब अनलाइनबाटै तिर्न मिल्ने, गण्डकी प्रदेशबाट भयो सुरुवात

काठमाडौं – अबदेखि सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै भुक्तानी...

ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुभयो ? होस् गर्नुस् यसो भयो भने लाइसेन्स नै रद्द हुनसक्छ

ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुभयो ? होस् गर्नुस् यसो भयो भने लाइसेन्स नै रद्द हुनसक्छ

तपाईको सवारी साधन अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) नवीकरण भयो कि भएन ? नियमित...

कुन सवारी साधनको वार्षिक कर कति ? कहिले सम्म तिर्दा जरिवाना लाग्दैन ?

कुन सवारी साधनको वार्षिक कर कति ? कहिले सम्म तिर्दा जरिवाना लाग्दैन ?

कुनै पनि सवारी साधन चालकले वार्षिक रुपमा सरकारलाई कर तिर्नु पर्छ । हाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...