सोचे जस्तो वातावरणमैत्री छैनन् इलेक्ट्रिक कार : यस्ता छन् विभिन्न अध्ययनको निष्कर्ष

इलेक्ट्रिक कारको चर्चा चुलिदो छ । वातावरणमैत्री सवारी साधनको रुपमा इलेक्ट्रिक सवारी साधनलाई लिइन्छ । यद्यपि हामीले सोचे जस्तो इलेक्ट्रिक कार वातावरणमैत्री नभएको विभिन्न अध्ययनहरुले प्रमाणित गरेका छन् ।

सोसाइटी अफ रेअर अर्थका अनुसार एउटा इलेक्ट्रिक कार बनाउनका लागि जमिनबाट ५७ केजी कच्चा पदार्थ (८ केजी लिथियम, ३५ केजी निकेल, १४ केजी कोबाल्ट) निकाल्दा ४ हजार २७५ केजी एसिड फोहोर र ५७ केजी रेडियो एक्टिभ अवशेष उत्पादन हुन्छ । एक ईभी बनाउन ९ टन कार्बन उत्सर्जन हुन्छ, जबकी पेट्रोलमा ५.६ टन उत्सर्जन हुन्छ ।

ईभीमा १३ हजार ५०० लिटर पानी खपत हुन्छ भने पेट्रोल कारमा ४ हजार लिटर पानी खपत हुन्छ । रिकार्डो कन्सल्टेन्सीका अनुसार यदि ईभीलाई कोइलाबाट चल्ने बिजुलीबाट चार्ज गरिएको हो भने १.५ लाख किलोमिटर ड्राइभ गर्दा पेट्रोल कारको तुलनामा २० प्रतिशत कम कार्बन मात्रै उत्पादन हुन्छ । भारतमा ७० प्रतिशत बिजुली कोइलाबाट उत्पादन गरिन्छ । अष्ट्रेलियामा गरिएको अनुसन्धानमा ३३०० टन लिथियम फोहोरमध्ये २ प्रतिशत मात्रै रिसाइकल हुन्छ, ९८ प्रतिशतले प्रदूषण फैलाउँछ ।

रिपोर्टका अनुसार लिथियम संसारको सबैभन्दा हल्का धातु हो । यसले इलेक्ट्रोन धेरै सजिलै छोड्छ । त्यसैले ईभी कारको ब्याट्रीमा यसको बढी प्रयोग गरिन्छ । लिथियमलाई जमिनबाट निकाल्दा वातावरण ३ गुणा बढी विषाक्त हुन्छ । लिथियम ९८.३ प्रतिशत ब्याट्रीमा प्रयोग पछि खाडलमा गाडिन्छ । लिथियम पानीको सम्पर्कमा आउँदा आगो बल्ने सम्भावना बढी छ ।

सन् २०१७ को जुनदेखि डिसेम्बर २०२० सम्म अमेरिकाको उत्तर–पश्चिम प्रशान्त क्षेत्रमा एउटा खाडलमा यी ब्याट्रीबाट आगो लागेको १२४ घटना भएको थियो । जर्मनीको आइएफओ थिंक ट्याङ्कले गरेको अनुसन्धान अनुसार मर्सिडिज सी२२० सेडानले प्रति किलोमिटर १४१ ग्राम कार्बन उत्सर्जन गर्छ भने टेस्ला मोडल ३ मा १८१ ग्राम कार्बन उत्सर्जन हुन्छ ।

एक अन्वेषकका अनुसार संसारमा करिब २० करोड सवारी साधन छन् । जसमध्ये १ करोड इलेक्ट्रिक कार छन् । यदि सबै सवारी साधनलाई ईभीमा रूपान्तरण गरियो भने त्यसबाट निस्केको एसिड फोहोरलाई हटाउने पर्याप्त साधन छैन । यस्तो अवस्थामा सार्वजनिक यातायात बढाएर र निजी कार घटाएर मात्र हरितगृह ग्याँसको उत्सर्जन कम गर्न सकिन्छ ।

एउटा पेट्रोल कारले प्रति किमी १२५ ग्राम कार्बन उत्पादन गर्छ र कोइलाबाट चल्ने इलेक्ट्रिक कारले प्रति किमी ९१ ग्राम कार्बन उत्पादन गर्छ । इन्टरनेसनल काउन्सिल अन क्लिन ट्रान्सपोर्टेसनका अनुसार युरोपमा ६९ प्रतिशत कम कार्बन हुने ईभी छन्, किनकि यहाँ ६० प्रतिशत बिजुली नवीकरणीय ऊर्जाबाट आउँछ ।

सम्बन्धित समाचारहरू

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दो, इन्धनको खपत घट्याे

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दो, इन्धनको खपत घट्याे

विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री...

साउन महिनामा भित्रिए १६० युनिट विद्युतीय गाडी, कुन क्षमताका कति ?

साउन महिनामा भित्रिए १६० युनिट विद्युतीय गाडी, कुन क्षमताका कति ?

काठमाडौं – नेपालमा विद्युतिय सवारीसाधन (ईभी) को माग तीव्र गतिमा बढिरहेको...

अपग्रेडेड नयाँ सेरेस ३ इलेक्ट्रिक एसयूभी यसै साता सार्वजनिक हुँदै

अपग्रेडेड नयाँ सेरेस ३ इलेक्ट्रिक एसयूभी यसै साता सार्वजनिक हुँदै

काठमाडौं – नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...