आजदेखि उपत्यकामा निषेधाज्ञामा थप कडाइ, उल्लंघन गरे कैद सजायसम्म हुने
काठमाडौँ – उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा...
काठमाडौं – निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकामा वैवाहिक कार्यक्रम गर्दा प्रयोग गरिने सवारी साधनका लागि पास नचाहिने भएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको थप आदेशमा यो व्यवस्था गरिएको छ ।
तर उक्त सवारीमा दुलहा–दुलही पनि हुनुपर्नेछ भने १५ जनासम्म जन्ती जान पास नचाहिने भएको छ । तर पार्टी प्यालेस सञ्चालन गर्नुपर्ने भए जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्नेछ ।
साथै बैक तथा वित्तीय संस्था, वीमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोवार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरू सम्बन्धित कार्यालयको परिचय पत्रका आधारमा सञ्चालन हुन पाउनेछन्।
यस्तै कुरियर र डाँक सेवालाई पनि अत्यावश्यक सेवामा राखिएको छ।
काठमाडौं उपत्यकाभित्र वैशाख १६ देखि २२ गतेसम्म पहिलो चरणमा निषेधाज्ञा हुनेछ भने मन्त्रिपरिषदले निषेधाज्ञा कम्तीमा १५ दिन गर्न भनेकोले वैशाख २२ गतेपछि पनि निषेधाज्ञा जारी रहने बताइएको छ ।
काठमाडौँ – उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत जेठ ८ गते मध्यराति...
काठमाडौं – निषेधाज्ञाको समयमा पनि होम डेलिभरी सेवा बन्द नहुने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...