याडियाका तीन मोडलका प्रिमियम इलेक्ट्रिक स्कुटर नेपालमा, सुरुवाती ग्राहकलाई २५ हजार छुट
काठमाडौं – विश्वकै सर्वाधिक सफल इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी साधन...
काठमाडौं – नेपाली बजारमा केही दिन यता इलेक्ट्रिक कारहरुको नयाँ मूल्य सूची सार्वजनिक गर्ने लहर नै चल्यो । हुन्डाई कोना, एमजी ईजेडएस, किया निरो, डेरी ईभी७ र ईएम७ तथा दीगो ई८ जस्ता इलेक्ट्रिक कारहरुको नयाँ मूल्य सूची सार्वजनिक भइसकेको छ ।
बजेट पश्चात अन्तःशुल्क पुरै खारेज गरिनुका साथै भन्सार दर पनि ४० प्रतिशत सम्म मात्र गरिए पछि अटोमोबाइल आयातकर्ता कम्पनीहरुले प्रशस्तै मात्रामा मूल्य घटाएका छन् । यस्तो अवस्थामा एउटै गाडीको मूल्यम २३ लाख रुपैयाँ सम्म गिरावट आएको छ ।
यो अवस्थामा नेपाली बजारमा पहिले देखि नै लोकप्रिय रहेको र नेपाली सडकमा धेरै संख्यामा गुडेको महिन्द्रा ईटुओ (e2O) इलेक्ट्रिक गाडीको नयाँ मूल्य सूची भने सार्वजनिक गरिएको छैन । धेरैले चासोपूर्वक हेरेको महिन्द्राको ईटुओ वा ईटुओ प्लस मोडल नेपालमा सर्बाधिक लोकप्रिय इलेक्ट्रिक कार मानिन्छ ।
गत मंसिर महिनामा नयाँ अर्थमन्त्रीको रुपमा विष्णुप्रसाद पौडेल आएर करको दरमा परिमार्जन गरे पश्चात महिन्द्राको पी४ मोडलको मूल्य २९ लाख २५ हजार रुपैयाँ तोकिएको थियो । यो भन्दा पहिले असार मसान्तमा पुरानै २२ लाख ६५ हजार रुपैयाँ मूल्यमा यो गाडी ग्राहकलाई हस्तान्तरण गरिएको थियो ।
बजेट भन्दा पहिले यो मोडलको मूल्य २२ लाख ६५ हजार रुपैयाँ थियो । तत्कालीन अर्थमन्त्री डा। युवराज खतिवडाले यसअघि १० प्रतिशत मात्रै भन्सार लाग्दै आएकोमा बजेटमार्फत भन्सार बढाएर ८० प्रतिशतसम्म पु¥याएका थिए । यसअघि विद्युतीय सवारीसाधनमा अन्तःशुल्क लाग्दैनथ्यो, तर उनले यस्ता गाडीमा पनि ८० प्रतिशतसम्म अन्तःशुल्क लगाएका थिए । सडक निर्माण दस्तुर यसअघि ४ प्रतिशत लाग्दै आएकोमा ५ प्रतिशत पु¥याएका थिए ।
भारतमा महिन्द्राको प्लान्ट कोभिडका कारण हाल बन्द छ । त्यसैगरी महिन्द्राले आगामी दिनमा ईटुओ प्लस जस्ता गाडीको उत्पादन पनि कतिपय बजारका लागि बन्द गर्ने घोषणा गरिसकेको छ । नेपाली बजारमा अब यी गाडी स्टकमा पनि उपलब्ध छैनन् । यी सबैका कारण हाल महिन्द्राका इलेक्ट्रिक गाडीको मूल्य सूची सार्वजनिक नगरिएको महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि इनर्जीका सिनियर म्यानेजर प्रमोद भण्डारीले जानकारी दिए । उत्पादन भएर नेपाली बजारमा आउने पक्का भए पछि मात्र अग्नि इनर्जीले नयाँ मूल्य सूची सार्वजनिक गर्नेछ ।
इटुओ नेपाली बजारमा अत्यधिक मात्रामा रुचाइएको इलेक्ट्रिक कार हो । सानो आकारको यो कारलाई फुच्चे कारको नामले समेत चिन्ने गरिन्छ । हेर्दा सानो देखिए पनि यसमा उपलव्ध फिचर भने अत्याधुनिक एवं सुबिधासम्पन्न छ । पावर, पर्फमेन्स र फिचरका कारण इटुओले इलेक्ट्रिक कार पारखीहरुको बिश्वास जित्न सफल भएको भण्डारी बताउँछन् ।
काठमाडौं – विश्वकै सर्वाधिक सफल इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी साधन...
नेपाली बजारमा धेरै नयाँ कार बिक्री नभइरहेको अवस्था भए पनि विश्व बजारमा सन्...
काठमाडौं – नेपालको लागि टाटा मोटर्सको एक मात्रै अधिकारिक वितरक सिप्रदी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...