यसकारण सार्वजनिक भएन नेपालमै लोकप्रिय महिन्द्रा ईटुओको नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा केही दिन यता इलेक्ट्रिक कारहरुको नयाँ मूल्य सूची सार्वजनिक गर्ने लहर नै चल्यो । हुन्डाई कोना, एमजी ईजेडएस, किया निरो, डेरी ईभी७ र ईएम७ तथा दीगो ई८ जस्ता इलेक्ट्रिक कारहरुको नयाँ मूल्य सूची सार्वजनिक भइसकेको छ ।

बजेट पश्चात अन्तःशुल्क पुरै खारेज गरिनुका साथै भन्सार दर पनि ४० प्रतिशत सम्म मात्र गरिए पछि अटोमोबाइल आयातकर्ता कम्पनीहरुले प्रशस्तै मात्रामा मूल्य घटाएका छन् । यस्तो अवस्थामा एउटै गाडीको मूल्यम २३ लाख रुपैयाँ सम्म गिरावट आएको छ ।

यो अवस्थामा नेपाली बजारमा पहिले देखि नै लोकप्रिय रहेको र नेपाली सडकमा धेरै संख्यामा गुडेको महिन्द्रा ईटुओ (e2O) इलेक्ट्रिक गाडीको नयाँ मूल्य सूची भने सार्वजनिक गरिएको छैन । धेरैले चासोपूर्वक हेरेको महिन्द्राको ईटुओ वा ईटुओ प्लस मोडल नेपालमा सर्बाधिक लोकप्रिय इलेक्ट्रिक कार मानिन्छ ।

गत मंसिर महिनामा नयाँ अर्थमन्त्रीको रुपमा विष्णुप्रसाद पौडेल आएर करको दरमा परिमार्जन गरे पश्चात महिन्द्राको पी४ मोडलको मूल्य २९ लाख २५ हजार रुपैयाँ तोकिएको थियो । यो भन्दा पहिले असार मसान्तमा पुरानै २२ लाख ६५ हजार रुपैयाँ मूल्यमा यो गाडी ग्राहकलाई हस्तान्तरण गरिएको थियो ।

बजेट भन्दा पहिले यो मोडलको मूल्य २२ लाख ६५ हजार रुपैयाँ थियो । तत्कालीन अर्थमन्त्री डा। युवराज खतिवडाले यसअघि १० प्रतिशत मात्रै भन्सार लाग्दै आएकोमा बजेटमार्फत भन्सार बढाएर ८० प्रतिशतसम्म पु¥याएका थिए । यसअघि विद्युतीय सवारीसाधनमा अन्तःशुल्क लाग्दैनथ्यो, तर उनले यस्ता गाडीमा पनि ८० प्रतिशतसम्म अन्तःशुल्क लगाएका थिए । सडक निर्माण दस्तुर यसअघि ४ प्रतिशत लाग्दै आएकोमा ५ प्रतिशत पु¥याएका थिए ।

भारतमा महिन्द्राको प्लान्ट कोभिडका कारण हाल बन्द छ । त्यसैगरी महिन्द्राले आगामी दिनमा ईटुओ प्लस जस्ता गाडीको उत्पादन पनि कतिपय बजारका लागि बन्द गर्ने घोषणा गरिसकेको छ । नेपाली बजारमा अब यी गाडी स्टकमा पनि उपलब्ध छैनन् । यी सबैका कारण हाल महिन्द्राका इलेक्ट्रिक गाडीको मूल्य सूची सार्वजनिक नगरिएको महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि इनर्जीका सिनियर म्यानेजर प्रमोद भण्डारीले जानकारी दिए । उत्पादन भएर नेपाली बजारमा आउने पक्का भए पछि मात्र अग्नि इनर्जीले नयाँ मूल्य सूची सार्वजनिक गर्नेछ ।

इटुओ नेपाली बजारमा अत्यधिक मात्रामा रुचाइएको इलेक्ट्रिक कार हो । सानो आकारको यो कारलाई फुच्चे कारको नामले समेत चिन्ने गरिन्छ । हेर्दा सानो देखिए पनि यसमा उपलव्ध फिचर भने अत्याधुनिक एवं सुबिधासम्पन्न छ । पावर, पर्फमेन्स र फिचरका कारण इटुओले इलेक्ट्रिक कार पारखीहरुको बिश्वास जित्न सफल भएको भण्डारी बताउँछन् ।

सम्बन्धित समाचारहरू

गिलीको पान्डा मिनी ईभी सार्वजनिक : यस्तो छ आकर्षण

गिलीको पान्डा मिनी ईभी सार्वजनिक : यस्तो छ आकर्षण

गिलीले चीनमा पाण्डा मिनी ईभी सार्वजनिक गरेको छ। केही समय पहिले चर्चामा...

यसकारण अब्बल छ बीवाईडीको ब्लेड ब्याट्री : नेल पेनेट्रेसनमा यसरी बनेको थियो सफल

यसकारण अब्बल छ बीवाईडीको ब्लेड ब्याट्री : नेल पेनेट्रेसनमा यसरी बनेको थियो सफल

नयाँ दिल्ली – बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंक र बीवाईडी...

नेपालमै सवारी साधन एसेम्बलको लहर : यी हुन् चालु आर्थिक वर्षमा दर्ता भएका ६ कम्पनी

नेपालमै सवारी साधन एसेम्बलको लहर : यी हुन् चालु आर्थिक वर्षमा दर्ता भएका ६ कम्पनी

काठमाडौं – नेपालमै सवारी साधन एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...