सावधान, नम्बर प्लेटमा जथाभावी लेखेमा ट्राफिक प्रहरीले कारवाही गर्नेछ

काठमाडौं – सवारी साधनको नम्बर प्लेटमा जथाभावी नलेख्न महानगरीय ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

ट्राफिक प्रहरीले जारी गरेको अनुरोधमा भनिएको छ, ‘कतिपय सवारी चालकहरुले सवारी साधनको नम्बर प्लेटमा अनावश्यक रुपमा सवारी तथा यातायात व्यवस्था ऐनले तोकेको मापदण्ड विपरित बिभिन्न किसिमका स्टिकर टास्ने, झण्डा बनाउने, सानो अक्षरमा नम्वर लेख्ने,प्लेटको आकार सानो बनाउने जस्ता कार्य गरेको पाईएकोले यस्तो कार्य नगर्नु हुन अनुरोध गरिन्छ ।’

नम्बर प्लेट गलत स्वरुपमा लेख्‍नेलाई पहिलो चरणमा सम्झाउने र पछि सवारी तथा यातायात व्यवस्था ऐन अनुसार कारबाही गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जिव शर्मा दासले बताए ।

नम्बर प्लेट राख्नका लागि पनि निश्चित नियम छ । त्यही नियम अनुसार राख्नु आवश्यक छ । सवारीको अगाडिको प्लेटमा तल र माथि गरी दुई लाइनमा र पछाडिको नम्बर प्लेटमा ३ लाइनमा लेख्नुपर्ने छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...