अब बाइक वा स्कुटरमा मोबाइल स्ट्यान्ड राख्न नपाइने, २० हजार सम्म जरिवाना हुने

काठमाडौं – मोटरसाइकल वा स्कुटरमा अब मोबाइल होल्डर वा स्ट्यान्ड राख्न नपाइने भएको छ । मोटरसाइकल कम्पनीबाट बनेर आएको भन्दा बाहेक पनि पाटपूर्जा परिवर्तन गर्ने र थप्ने क्रम बढेको भन्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कडाइ गर्ने भएको हो ।

ट्राफिक प्रहरीले यसलाई मोडिफाईको रुपमा अथ्र्याएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले कानुनमा भएको व्यवस्था लागू गर्न लागिएको बताए । हाल यसको वारेमा सचेतनामूलक कार्यक्रम गरिरहेको र छिट्टै नै यसलाई कार्यान्वयनमा ल्याउने उनको भनाइ छ ।

बाइकमा कुनै पनि किसिमको मोबाइल स्ट्यान्ड राख्दा वा अन्य मोडिफाई गर्दा ट्राफिक प्रहरीले ५०० देखि दुई हजार रुपैयाँसम्म जरिवाना तिराउने व्यवस्था छ ।

यदि थप अटेर गरे वा नियम नमानेको पाइएमा यातायात कार्यालय पठाइने उनको भनाइ छ । यातायात कार्यालय पठाएमा न्यूनतम ५ हजार देखि २० हजार रुपैयाँ सम्म जरिवाना लाग्ने उनको भनाइ छ ।

हाल विशेषतः राइड शेयर सेवा दिने दुईपाग्रे सवारीसाधनले विभिन्न किसिमका मोबाइल स्ट्यान्ड राख्दै सेवा दिदै आएका छन् । प्रहरीले मोबाइल स्ट्यान्डका कारण विकृति बढेको र दुर्घटनाको जोखिम पनि बढेको भन्दै कारवाही थालेको बताएको छ ।

सम्बन्धित समाचारहरू

कर्णाली करिडोर खुल्यो

कर्णाली करिडोर खुल्यो

अवरुद्ध कर्णाली करिडोर खुलेको छ । कर्णाली करिडोरको कालीकोट सडकखण्डको...

मेयर बालेनको घोषणा : १०२ मा फोन गरे काठमाडौंभर निःशुल्क एम्बुलेन्स सेवा

मेयर बालेनको घोषणा : १०२ मा फोन गरे काठमाडौंभर निःशुल्क एम्बुलेन्स सेवा

१०२ नम्बरमा फोन गरी निःशुल्क एम्बुलेन्स सेवा लिन सकिने काठमाडौं...

२० वर्ष पुराना गाडी ३५ दिनभित्र स्क्र्याप गर्न निर्देशन, आयो यस्तो सूचना

२० वर्ष पुराना गाडी ३५ दिनभित्र स्क्र्याप गर्न निर्देशन, आयो यस्तो सूचना

काठमाडौं – सरकारले २० वर्ष पुराना सवारीसाधनलाई ३५ दिनभित्र कवाडी बनाउन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...