लाइसेन्स लिदा देखिएका लामा लाइन हटाउने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले लाइसेन्स र राहदानी लिदा देखिएका लामा लाइन हटाउने बताएका छन् ।

मन्त्रिपरिषद्को पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले राहदानी र लाइसेन्स लिने क्रममा देखिएको लामो लाइनलाई नियन्त्रण गर्न र हटाउने विषयमा काम गर्ने बताए । 

'राहदानी, लाइसेन्ससम्बन्धी लामो लामो लाइन देखिएको छ । यसलाई नियन्त्रण गर्ने र प्रभावकारी ढंगले काम गर्ने केन्द्रित भएका छन् । जनताको समस्या समाधान गर्न काम गर्नेतर्फ काम गर्ने छौं' दाहालले भने । मन्त्रिपरिषद्को पहिलो बैठकअघि दाहालले सोमबार साँझ सिंहदरबारमा पदवहाली गरेका थिए ।

प्रधानमन्त्रीले सुशासन, सेवा प्रवाह र विकास निर्माणमा प्रभावकारिता अभिवृद्धि गर्ने पहिलो निर्णय गरेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...